ज्योतिलाई हराउँदै कोहलपुर फाइनलमा

पिपलबाेट संवाददाता


कोहलपुर स्पोर्टस्र एकेडेमी नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार कोेहलपुर क्रिकेट मैदानमा संचालित खेलमा ज्योति स्पोर्टस् एकेडेमी ‘ए’ लाई ५ विकेटले हराउँदै कोहलपुर फाइनलमा प्रवेश गरेको हो । टर जितेर ब्याटिङ गरेको ज्योतिले १४.१ ओभरमा सम्पूणर् विकेट गुमाउँदै ६९ रन बनाएको थियो । जवाफमा कोहलपुरले १०.१ ओभरमा ५ विकेट गुमाउँदै ७० रन बनाएको थियो । कोलपुरका लागि राजु रिजालले २३ बलमा ५ चौकाको मद्दतले २३ रन बनाए भने अर्जुन साउदले १२ बलमा ४ चौकासहित १८ रन बनाउँदै आजीवन  रहे । ज्यौतिका लागि नितेश न्यौपानेले २३ बलमा १ चौका र १ छक्काको मद्दतले १४ रन, सुनिल भण्डारीले ११ बलमा १ चैकासहित १२ रन बनाए । कोहलपुरका बलर अर्जुन साउद, रोशन शाहुले समान ३÷३ विकेट लिए । भने ज्योतिका सुनिल भण्डारीले पनि ३ विकेट लिएका थिए । प्रतियोगितामा कोहलपुरका अर्जुन साउद म्यान अफ द म्याच धोषित भए ।

२६ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech