सर्व पक्ष भेलाको माग शिक्षा,स्वास्थ्य र खानेपानी पहिलो प्राथमिता

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका पालिकाले आर्थिक वर्ष २०७९÷८०कोलागी बार्षिक नीति ,बजेट तथा कार्यक्रम तर्जुमाका बारेमा पुर्व जन प्रतिनिधि र मेयर पदका उम्मेदवारहरु विच छलफल गरेको छ । कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले कोहलपुरको सम्रग विकासको लागी सवै मिलेर अगाडि वढ्नु पर्नेमा जोड दिएका थिए । कोहलपुर नगरपालिकाका पुर्व नगर प्रमुख लुट वहादुर रावतले आफ्नो कार्यकालमा शुरु भएका तर सम्पन्न नभएका योजनाहरुलाई प्राथमितामा राख्नुपर्नै वतएका थिए । उनले कोहलपुरको समग्र विकासको लागी सवैको सहकार्यमा जोड दिएका थिए । यस्तै कार्यक्रमा नगर उपप्रमुख संगिता सुवेदी , प्रमुख प्रशाशकिय अधिकृत टिकाराम ढकाल , नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र वहादुर शाह , नेकपा एमाओवादी केन्द्रका कार्यबाहाक अध्यक्ष वल बहादुर खड्का , राष्ट्रिय प्रजातन्त्र पाटिका नगर अध्यक्ष अर्जुनजंग शाह , नेकपा माअ‍ेवादी केन्द्र नगर सहसचिव अर्जुन पौड्याल , राष्ट्रिय जनमोर्चा पाटिका जिल्ला अध्यक्ष भिम प्रसाद देवकोटा , कोहलपुर नगरपालिका वडा नं. ११का वडा अध्यक्ष कल्पना शर्मा , जनता समाजवादी पार्टी कोहलपुर नगर इन्चार्ज बुद्ध सुनार ,राष्ट्रिय प्रजातन्त्र पाटिका तर्फ वाट मेयर पदका उम्मेदवार प्रदिप कुमार शाह , वडा नं.१५ का पूर्व वडा अध्यक्ष पतिराम थारु , वडा नं.१ का पूर्व वडा अध्यक्ष गोपीलाल खनाल , पुर्व कार्यपालिका सदस्यहरु दयाराम लोहार , शान्तीसुनार , गिता सुनार ,ने.म.कि.पा नगर अध्यक्ष अन्जिर बहादुर शाह लगाएका को सहभागिता रहेको थियो । कार्यक्रमा सहभागिता जनाएकाहरु सवैको शिक्षा , स्वास्थ्य , खानेपानी र ढल निकासको वारेमा कोहलपुरको पहिलो प्राथमिता हुनुपर्ने धारणा राख्यका थिए । यस्तै कार्यक्रमलाई सम्वोधन गदै नगर प्रमुख पुर्ण आचार्यले कोहलपुरको दियो विकासका लागी प्राथमिकतको आधारमा वजेट विनियोजन गर्ने वताए । प्रत्येक वडाहरुले दिएको र मागेको विकास निर्माण र भेलाले माग गरेका योजनालाई प्राथमिताका साथ अगाडि वढाउने वताएका थिए ।

२७ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech