जिल्ला समन्वय समितिका जनप्रतिनिधीले सपथसँगै पद सम्हाले

पिपलबाेट संवाददाता


 जिल्ला समन्वय समिति बाँकेका नवनिर्वाचित जनप्रतिनिधीले सपथसँगै पदभार ग्रहण गरेका छन् । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुखमा सीता कार्की तथा सदस्यमा कांग्रेसकै उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित वा अल्पसंख्यक सदस्यमा जगदिश बाल्मिकी, नेकपा (माओवादी केन्द्र) की चमेली थरुनी र रेवती दमाई, जनता समाजवादी पार्टी(जसपा) की तरन्नुन बानो शेष निर्वाचित भएका थिए ।

नवनिर्वाचित प्रमुख चौधरीलाई मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । त्यसपछि प्रमुख चौधरीले उपप्रमुख कार्कीसहित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । सपथ लगत्तै नवनिर्वाचित प्रमुख चौधरी, उपप्रमुख कार्की र सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।

Jilla Samanwoya Samiti 11654862408.jpg

जिल्ला समन्वय समिति बाँकेमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, निर्वतमान सभापति किरण कोइराला, जिल्ला समन्वय समितिका निर्वतमान प्रमुख अजयकुमार श्रीवास्तव, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, कांग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Jilla Samanwoya Samiti 21654862409.jpg

Jilla Samanwoya Samiti 31654862409.jpg

Jilla Samanwoya Samiti 41654862411.jpg

Jilla Samanwoya Samiti 101654862418.jpg

Jilla Samanwoya Samiti 111654862418.jpg

Jilla Samanwoya Samiti 81654862415.jpg

Jilla Samanwoya Samiti 91654862414.jpg

Jilla Samanwoya Samiti 61654862413.jpg

Jilla Samanwoya Samiti 71654862413.jpg

Jilla Samanwoya Samiti 51654862411.jpg

२७ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech