बर्दियामा ठूलोबुवाले गरे २१ वर्षीया युवतीकाे बलात्कार

पिपलबाेट संवाददाता


बर्दियाको मधुवन नगरपालिकामा-२१ वर्षीया युवती बलात्कृत भएकी छन्।

उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ठूलोबुबाले ती युवतीई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पीडितलाई माइती नेपाल, गुलरिया, बर्दियाको संरक्षणमा राख्नुको साथै यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

२७ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech