किन बन्दैन कोहलपुर क्रिकेट मैदान ? बार्षिक बजेट पर्छ, फ्रिज हुन्छ

पिपलबाेट संवाददाता


सरकारले कोहलपुर नगरपालिकास्थित क्रिकेट खेल मैदानका लागि आवश्यक पर्ने भौतिक पुर्बधारका निमार्णका लागि हरेक वर्ष बजेट बिनियोन गर्दै आएको छ । यो वर्षको बजेट भाषणमा फेरि पनि क्रिकटे मैदान निमार्णको काम परेको छ । तर, निमार्णको काम भने सुरु हुन सकेको छैन । सरकारले बिनियोजन गरेको बजेट हरेक वर्ष फ्रिज (फिर्ता) हुने गरेको छ । क्रिकेट मैदानको जग्गा भोग चलन विवादका कारण सरकारले छुट्याउने गरेको बजेट फिर्ता हुने गरेको हो । त्यससंगै खेल मैदानको क्षेत्रभित्र करिव सात सय घरधुरी निमार्ण गरिएको तर नगरपालिकाले खाली गराउन सकेको छैन । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जग्गा स्वमित्व विवादले भौतिक निमार्णका काम हुन नपाएको बताउ“छन् ।

‘खेल मैदानको जग्गा कहिले जिल्ला खेलकुद समितिको हुने कि ? नगरपालिकाको हुने वा राष्ट्रिय खेलकुद परिषद हुने भन्ने विवादले पनि निमार्णको काम रोकिएको थियो,’ उनले भने,‘हालै राष्ट्रिय खेलकुद परिषदको नाममा जग्गा स्वमित्व दिने गरी सिफारिस गरेर पठाएका छौँ ।’ कोहलपुर नगरपालिकाले क्रिकेट खेल मैदानका लागि ४ बिगाहा १९ कठ्ठा जग्गा छुट्याएको छ । उक्त जग्गामा सात सय घर निमार्ण भइसकेको प्रमुख प्रशासकिय अधिकृत ढकाले जनाए । ‘पहिलेको अभिलेख हेर्न हो भने सात सय घरधुरी क्रिकेट खेल मैदानमा बनेको देखिन्छ । पछिल्लो सयम थप घर निमार्ण भइसकेको जानकारी आएको छ,’ उनले भने,‘क्रिकेट खेल मैदान निमार्ण हुननसक्नुको अर्को कारण जग्गा अतिक्रमणमा पर्नु हो ।’
शिक्षा, युवा तथा खेलकुद संघीय मन्त्री महेश्वर गहतराजको गृह नगरपालिका कोहलपुर भएका कारण यस वर्षको बजेट कार्यान्वयन हुनसक्ने बिश्वास गरिएको छ । तर, अतिक्रमणको समस्या नसुल्झिएसम्म क्रिकेट मैदान निमार्णको काम सुरु हुनसक्ने छाँट देखिदैन ।

अन्र्तराष्ट्रियस्तरका क्रिकेट खेलाडी जन्माईसकेको बाँकेमा भने खेल मैदान नहुँदा प्रतियोगिता आयोजनामा समस्या हुने गरेको छ । खेल मैदान अभावमै क्रिकेटका गतिबिधिहरुमा कमी आएको छ । नेपालगन्ज रंगशालामा क्रिकेट प्रतियोगिका लागि क्षेत्रफल अपुग छ । यहा“स्थित मंगलप्रसाद माबिकाृ चौरमा प्रतियोगिता आयोजना हुने गरेको थियो । तर प्रतियोगिताका कारण पढाई प्रभावित भएको भन्दै बिद्यालय प्रशासनले रोक लगाएपछि समस्या भएको हो । नेपालगन्जबाटै महिला क्रिकेटको सुरुवात भएको थियो । यहाँका महिला क्रिकेटरहरुले अन्र्तराष्ट्रियस्तरमै खेलिसकेका छन् । उनीहरु मंगलप्रसाद माबिकै चौरमै प्रशिक्षण लिएका थिए ।
बाँकेमा क्रिकेट मैदानका लागि पटकपटक आवाज उठ्ने गरेको छ । तर प्रतियोगिता आयोजनाका क्रममा उक्त आवाज उठ्ने र पछि सेलाउने गरेको छ । यहा“बाट १६ किलो मिटर उत्तरको कोहलपुर नगरपालिकामा भने अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान निमार्ण गर्ने भनिए पनि काम हुन सकेको छैन ।

२७ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech