कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई , कार्यालयको काज विदा लिने तर आफ्नो परिक्षा दिन जाने

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकामा कर्मचारीहरुको मनोमानी ढंगले विदा लिने गरेको पाईएको छ । कोहलपुर नगरपालिकामा फाइरमेन पदमा कार्यरत कर्मचारीले जेठ १३ गते देखि १९ गते सम्म कार्यालयको कामको लागी भन्दै एक हप्ता काठमाण्डौ काजमा गएको कार्यलयको हाजिरी पुस्तिकामा देखिन्छ । तर उक्त व्यक्ति कक्षा १२को वार्षिक परिक्षमा एभरेष्ट मावि. परिक्षा केन्द्रमा १६ ,१७ ,१८ गते परिक्षमा सहभागि भएको परिक्षामा गरिएको हाजिरी विवरण वाट देखिन्छ । यसरी सरकारी काममा जाने नाममा कर्मचारीहरुले आफ्नो व्यक्ति गत काम गर्ने र नगर पालिका वाट सातदिनको काज मार्फत पाउने रकम समेत बुझेर लगेको देखिन्छ ।

उनले ७ दिनको काज भत्ता वाफत १०५०० दश हजार पाँच सय रुपैया बुझेर लगेको देखिन्छ । यस विषयमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कर्मचारी वाट यस्तो काम भएको भए आफुले सत्य तथ्य बुझेर कावाहि गर्ने वताए । उनले भने काजमा पठाउने भनेको सम्वन्धित शाखाको सिफारिसमा आफुले नै तोक लगाएको वताए । निज कर्मचारी फायरमेन पदमा जागिर खाएपनि अहिले कोहलपुर नगरपालिकाको योजना शाखामा काम गदै आएको जानकारी ढकालले गराए । योजना शाखा प्रमुखको सिफारिसमा आफुले काजपत्रमा तोक लगाएको ढकालले वताए । यस विषयमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले यो विषय कर्मचारीहरुको भएकोले आफुलाई केहि थाहा नभएको वताए । यस विषयमा आफुले तत्काल बुझेर अगाडि वढ्ने आचार्यले वताए । यसरी झुटो विवरण पेश गरेर सरकारी पैसाको दुरुपयोग गरेमा भ्रमण खर्च नियमावली २०६४को दफा २३मा कुनै कर्मचारी वा पदाधिकारीले झुटा विवरण पेस गरेर भुक्तानी लगेको भएमा लिएको रकमको दोव्वर रकम निज सरकारी सेवामा रहेको भए निजले पाउने तलबबाट कट्टा गरी लिईनेछ । र निज लाई कावाहि समेत गरिने गरिने व्यवस्था रहेको छ । (२) उपनियम (१) बमोजिम कट्टा नगरेमा त्यस्तो कट्टा नगरेको पदाधिकारी वा कर्मचारीको तलबबाट असलु उपर गर्नुपर्ने छ र निजलाई विभागीय कारबाई समेत गर्न सकिने छ । यसरी कोहलपुर नगरपालिकामा कर्मचारीहरु वाट हुने आर्थिक अनियमिता पटक पटक आउने गरेको पाईन्छ । अव आएका नया जनप्रतिनिधिले यस्ता खालका अनियमिताको निराकरण गर्न लागी पनुपर्ने देखिन्छ । कोहलपुर नगरपालिकामा करिव १०० भन्दा वढि करारका कर्मचारी रहेका छन् । यसमा ५७ जना कार्यालय सहयोगी रहेका छन् ।

२८ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech