कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकबाट विषयगत समिति, शिक्षा समिति, र नगरविकास समिति गठन

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको पुर्ण कार्यपालिकाको पहिलो बैठकले विभिन्न समिति गठन गरेको छ । नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ । सामाजिक विकास समितिमा  इश्वरी सुनार , आर्थिक विकासमा अनिता वि.सि. पुर्वाधार विकासमा नरेश वान्तवा राई , बातावरण तथा विपद् व्यवस्थापनमा पवित्रा थारु , संस्थागत विकासमा सुनिता सुनार , सेवा प्रवाह तथा सुशासनमा सुनिता विष्ठ रहने कार्यपालिकाले निर्णय
गरेको छ । यस्तै नगर विकास समिति तर्फ कार्यपालिकाबाट वडा नं. ११को वडा अध्यक्ष कल्पना अधिकारी,वडा नं. १४का वडा अध्यक्ष नम वहादुर आले ,वडा नं. ९का वडा अध्यक्ष ओपेन्द्र बुढाथोकी रहेका छन् ।बाहिर वाट मोहन चापागाई र गिता ओली लाई नगरविकास समितिको वोडमा राखिएको छ । यस्तै शिक्षा समितिमा कार्यपालिका तर्फ वाट विरेन्द्र शाह , भुप वहादुर दर्जी , सुनिता सुनार रहेका छन् भने निजि विद्यालयको तर्फ वाट क्रिसा अध्यक्ष दिनेश सिग्देल , शिक्षक अभिभावक संघको तर्फ वाट कृष्ण वहादुर कुवर , गुठि विद्यालयको तर्फ वाट गोविन्द ढकाल रहने निर्णय कार्यपालिकाले
गरेको छ ।

२८ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech