राष्ट्रिय तेक्वान्दो संघ कोहलपुरद्धारा नगर प्रमुख र उप प्रमुखलाई सम्मान

पिपलबाेट संवाददाता


राष्ट्रिय तेक्वान्दो संघ कोहलपुर नेपालले कोहलपुर नगरपालिकाका नर्व निर्वाचित नगर प्रमुख र उप प्रमुख लाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सम्मान कार्यक्रममा आफ्नो विचार राख्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले खेलकुद विकास भनेको अहिलेको समयमा अति नै महत्व पुर्ण विधा रहेको वताए । खेलकुदले मानिस लाई अनुशासित र लगन सिल बनाउन अहम भुमिका खेल्लने गरेको वताए । कोहलपुर नगरपालिकाकाले खेलकुदको विकास र खेलाडीहरु को प्रशिक्षणमाको लागी सहयोग गर्न आफु लाग्ने प्रतिवद्धता व्यक्ति गरेका थिए । यस्तै कोहलपुर नगर उपप्रमुखले कोहलपुरलाई खेलकुदको माध्यम वाट विश्व भरी चिनाउने वातावरणको लागी खेलाडीहरु अगाडि वढेमा आफुहरुले खेलाडीहरुलाई सहयोग गर्ने वताए । कार्यक्रममा प्रमुख अतिथि मेयर पुर्ण आचार्य , विशिष्ठ अतिथि संगिता सुवेदी, अतिथि वडा नं. १२ वडा अध्यक्ष विरेन्द्र कुमार शाह , वडा नं. १० का वडा अध्यक्ष गौरा कुमारी


भट्टराई ,कार्यपालिका सदस्य ईश्वरी वि.क, भुप वहादुर दर्जी, पवित्रा थारु, सुनिता सुनार , सुनिता विष्ठ, केशरी कुमारी रावत रहेका थिए । यस्तै कार्यक्रमको सभापतित्व राष्ट्रिय तेक्वान्दो संघका केन्द्रिय सदस्य बुद्धि वहादुर थापाले गरेका थिए । भने कार्यक्रम संचालन राष्ट्रिय तेक्वान्दो संघ कोहलपुरका सचिव हेमन्त पुनले गरेका थिए । कार्यक्रमा कोहलपुरका
तेक्वान्दा खेलाडीहरु उपस्थिति रहेको थियो । कार्यक्रम समापन गदै आर्यक्रमका सभापति थापाले तेक्वान्दा संघका लुम्विनी प्रदेश संयोजक मेयर पुर्ण आचार्य रहेको समेत जानकारी गराएका थिए । थापाले मेयर र उप मेयरलाई मायाको चिनो समेत दिएका थिए । थापाले कोहलपुर नगरपालिकाकाले तेक्वान्दा प्रति आवद्ध भएको मेयर पाएकोमा आफुहरु अत्यन्दै खुसि भएको वताए । खेलप्रेमी मेयर ले खेलको विकासमा सहयो गर्नु पर्ने आवश्यकता रहेको थापाले वताए । अहिलेका अवस्थामा खेलकुदले युवाहरुलाई कुलतमा फस्ने कार्यवाट वचाउने काममा ठुलो सहयोग पुड्ढयाउने वताए ।

२८ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech