राप्तीसोनारीका जनप्रतिनिधिलाई स्वागत

पिपलबाेट संवाददाता


वन तथा वातावरण संरक्षण समन्वय समितिले शनिवार राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा सम्पूर्ण वडा अध्यक्षलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ ।

समितिका अध्यक्ष तुलाराम खत्रीले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, ५ नम्बर वडा अध्यक्ष झगरु थारू, ६ नम्बर वडा अध्यक्ष लबराज खरेल, ८ नम्बर वडा अध्यक्ष शालिकराम डाँगी, ९ नम्बर वडा अध्यक्ष सोहनलाल थारू लगायतलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

गाउँपालिका अध्यक्ष पौडेलले समग्र राप्तीसोनारीको समृद्धि, विकास र खुसीका लागि आफू निरन्तर लाग्ने बताए । उनले सामुदायिक वनको विकासमा आफू वन महासंघको सदस्यदेखि अध्यक्ष हुँदा देखि नै लागेको बताए ।

पालिकाभित्र रहेका ७२ वटा सामुदायिक वनले पालिकासंग मिलेर नदीजन्य पदार्थ अबैध उत्खनन कार्य रोख्न काम गर्नुपर्ने पौडेलले बताए । उपाध्यक्ष थारुले वन तथा वातावरण संरक्षणमा पालिकाले हातेमालो गर्ने बताइन् ।

कार्यक्रममा स्वागत मन्तव्य समितिका महिला उपाध्यक्ष भीम कुमारी बिष्टले गरेकी थिइन् भने कार्यक्रमको संचालन नेत्रमणि उपाध्यायले गरेका थिए ।

२८ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech