बर्दियामा नियन्त्रमा लिइएको बाघ राख्न खोर भएन

पिपलबाेट संवाददाता


 मधुवन नगरपालिका ओराली बजारमा बन्यजन्तु पीडित र प्रहरीबीच झडपपछि भएको सम्झौता अनुसार नियन्त्रणमा लिएको बाघ राख्न खोर अभाव भएको छ । खोर अभावका कारण बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुरको उद्धार केन्द्रमा राखिएको छ । निकुञ्जको मुख्यालय ठाकुरद्वाराको एउटा खोरमा यसअघि नै नियन्त्रणमा राखिएको बाघ राखिएको छ ।

बिहीबार बर्दिया खाता जैविकमार्गस्थित गणेश सिसनिया सामुदायिक वनमा डार्टिङ गरी नियन्त्रणमा लिएको थियो ।
तीन वर्षयता बर्दिया निकुञ्जले मान्छे माथि आक्रमण गर्ने ५ वटा बाघलाई नियन्त्रणमा लिइसकेको छ । ती मध्ये एउटा बाघ करिब दुई वर्षअघि बाँके निकुञ्जमा पठाइएको थियो । अर्को बाघ ललितपुरस्थित चिडियाघरमा पठाइएको थियो ।

२८ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech