विगत पाँच वर्षमा पूर्वाधार निर्माणतर्फ राप्ती सोनारीको फड्को मरेको छ

पिपलबाेट संवाददाता


बाँकेको राप्ती सोनारी गाउँपालिका प्राकृतिक स्रोत साधनले भरिपूणर् स्थानीय तह हो । भौगोलिक क्षेत्रफलका हिसाबले बाँकेको सबैभन्दा ठूलो गाउँपालिका राप्ती सोनारीको दुःखद पक्ष थियो विकासका पूर्वाधारका हिसाबले पछि पर्नु ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि राप्ती सोनारी गाउँपालिकामा भौतिक पूर्वाधारको विकासले तीव्रता त पायो नै, समाजिक विकासमा पनि उल्लेखनीय कामहरु भए । स्थानीय सरकारको पहिलो ५ वर्षमा सडक, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गाउँपालिकाले मुख्य प्राथमिकता दिएको छ । विकास निर्माण तथा भौतिक पूर्वाधारका काम तीव्ररुपमा भइरहँदा विद्यालयको पहुँचमा नपुगेका बालबालिका, स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुनुपर्ने समस्याहरू समाधान भएका छन् । क्षेत्रफलको हिसाबले ठूलो पालिका भएका कारण राप्ती सोनारीलाई पालिकामा भौतिक पूर्वाधार निर्माण गर्नु चुनौतिको काम रह्यो । यद्यपी
राप्ती सोनारीले आवश्यकताका आधारमा पालिकाको स्वास्थ, शिक्षा, कृषि, बाटोघाटो, मठमन्दिरलगायतका क्षेत्रहरुमा गरेको भौतिक पूर्वाधार निर्माणकोे परिणाम सन्तोषजनक नै
रहेको पाइन्छ । पालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु पालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका कारण भौतिक निर्माणका कामहरु धेरै भएको बताउँछन् । त्यस्तै पालिकाका अध्यक्ष तप्त पौडेलले
राप्ती सोनारीले विगत ५ वर्षमा भौतिक पूर्वाधार निर्माणलाई बढी प्राथमिकता दिएको अन्य शाखाका प्रमुखहरुले गुनासो गर्ने गरेको समेत


बताए । उनले पूर्वाधारलाई बढी जोड दिएकै कारण पालिकामा सडक तथा भवन बनाउने काम बढी भएको
बताए ।राप्ती सोनारीको आर्थिक वर्ष २०७४÷७५ देखि आर्थिक वर्ष ७७÷०७८ सम्मको कामको मूल्यांकन गर्ने हो भने राप्ती सोनारीमा सबैभन्दा बढी बाटो घाटो निर्माण तथा मर्मत एवम् नयाँ बाटो खोल्ने काम भएको छ । भने विद्यालयको भवन बनाउने, स्वास्थ्य चौकीको भवन बनाउने, नाली निर्माण, पुल निर्माणलगायतमा धेरै बजेट खर्च भएको पाइन्छ । राप्ती सोनारीको आर्थिक वर्ष २०७४÷०७५ मा कूल चालू बजेट २६ करोड २४ लाख ३८ हजार ४० रुपैयाँ रहँदा पालिकाले पूर्वाधार विकास शिर्षकमा मात्रै १६ करोड १७ लाख १८ हजार २ सय रुपैयाँ विनियोजना गरेको
थियो । त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा प्रस्तुत ६९ करोड ५२ लाख ४५ हजार खर्चमा १९
करोड २४ लाख ६९ हजार, आर्थिक वर्ष २०७६÷०७७मा कूल बजेट ७६ करोड ८ लाख ३९ हजारमा पूर्वाधार विकासमा २१ करोड १५ लाख रुपैयाँ, आर्थिक वर्षमा २०७७÷०७८ मा७६ करोड ८ लाख ३९ हजारमा पूर्वाधार विकासका लागि १६ करोड ५८ लाख ८० हजार विनियोजना गरिएको थियो । साथै आर्थिक वर्ष २०७८÷०७९ मा पनि पूर्वाधार विकासका लागि २२ करोड १५ लाख विनियोजना गरिएको छ ।
वडा नम्बर १ मा १८ किलोमिटर ग्राभेल राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर १ मा आर्थिक वर्ष २०७७÷०७८ सम्म १८ किलोमिटर बाटोलाई स्तरोन्नति गर्न ग्राभेल तथा माटो पटान कार्य सम्पन्न भई सकेको छ । त्यस्तै १.५ किलोमिटर नयाँ ट्रयाक खोल्ने र ६० मिटर पीसीसी बाटो निर्माण गरिएको छ । त्यसैगरी १.३ किलोमिटर नाली निर्माण, ३० स्थानमा कल्भर्ट निर्माण १ स्थानामा पुल निर्माण र ३ स्थानमा झोलुंगे पुल निर्माण कार्य सम्पन्न भई सकेको पालिकाका योजना शाखा प्रमुख बालानन्द पौडेलले जनाकारी दिए ।
यसका अलवा वडा १ को ६ वटा मन्दिरमा भवन निर्माण तथा २ वटा मस्जितको भवन मर्मत, ३ विद्यालयका भवन निर्माण, अन्य संघ–संस्थाका ५ भवन निर्माण, १४ वटा खानेपानी टंकीर २ किलोमिटर विद्युतिकरण भई सकेको छ ।
त्यस्तै पालिकाले १ स्वास्थ्यचौकी भवन पनि निर्माण गरिसकेको छ । वडा नम्बर २ मा १६ किलोमिटर पक्की सडक पालिकाको वडा नम्बर २ मा ४ वर्षभित्र १६ किलोमिटर पक्की सडक निर्माण भई सकेको छ । त्यस्तै २५ किलोमिटर माटो पटान तथा ग्राभेल, १ किलोमिटर नयाँ ट्रयाक निर्माण काम सम्पन्न भई सकेको छ । त्यस्तै १ किलोमिटर नाली निर्माण, १२ स्थानमा कलभर्ट निर्माण, १ पुल निर्माण काम सम्पन्न भई सकेको छ । त्यसैगरी ४ मन्दिर र १० भुयार थान निर्माण, ८ वटा विद्यालयका भवन निर्माण र विभिन्न संघ–संस्थाका ३ भवन निर्माण पनि सम्पन्न भई सकेको पालिकाले जनाएको छ । पालिकाले वडा नम्बर २ मा सेल्टर भवन पनि निर्माण गरेको छ भने ४ वटा पानी टंकी र १ स्वास्थ्यचौकी पनि निर्माण गरिसकेको छ । वडा नम्बर ३ का विद्यालयमा १९ कोठे भवन निर्माण पालिकाले वडा नम्बर ३ मा रहेका विद्यालयमा १९ कोठे ४ वटा भवन निर्माण गरिसकेको छ । त्यस्तै ६ सय ५० मिटर विद्यालयमा पर्खाल निर्माण र २ ठाउँमा सेल्टर भवन पनि निर्माण गरिसकेको छ ।
साथै ३ किलोमिटर पक्की सडक, १५ किलोमिटर ग्राभेल, १.५ किलोमिटर नयाँ सडक खन्ने काम सम्पन्न भई सकेको छ भने १ सय २९ मिटर नाली निर्माण र ९ स्थानमा कल्भर्ट निर्माण काम सम्पन्न भई सकेको छ । त्यसैगरी १ खानेपानी टंकी, १५ किलोमिटर विद्युतिकरण, १ स्वास्थ्यचौकी ३ चर्च र मस्जिदमा भौतिक निर्माण सम्पन्न भई सकेको छ । वडा नम्बर ४ मा २० किलोमिटर विद्युतिकरण राप्ती सोनारीले विद्युत्बाट वञ्चित वडा नम्बर ४ का वडावासीका लागि २० किलोमिटर विद्युतिरकण गरिसकेको छ । त्यस्तै २.४ किलोमिटर पक्की सडक निर्माण, २० किलोमिटर ग्राभेल, ७ किलोमिटर नयाँ ट्रयाक, १.३ किलोमिटर पिपिसि र ३ सय ५० मिटर आरसिसि सडक निर्माण
गरिसकेको छ । साथै १ किलोमिटर नाली निर्माण, ४ स्थानमा कल्भर्ट निर्माण काम सम्पन्न गरिसकेको छ ।
६ वटा मन्दिर तथा १६ भुइहयार थान, विद्यालयमा ३ वटा शौचालय निर्माण, १ सेल्टर भवन निर्माण, १ खानेपानी टंकी निर्माण र १ स्वास्थ्यचौकी निर्माण गरिसकेको छ ।
वडा नम्बर ५ पनि २० किलोमिटर विद्युतिकरण पालिकाले वडा नम्बर ५ मा पनि २० किलोमिटर विद्युतिकरण भई सकेको छ । त्यस्तै वडामा ४ किलोमिटर पक्की सडक निर्माण, ४.५ किलोमिटर ग्राभेल, ८ किलोमिटर नया सडक खन्ने काम सम्पन्न भई सकेको छ । त्यस्तै ३.५ किलोमिटर नाली निर्माण, ८ स्थानमा कल्भर्ट निर्माण, ३ वटा पुल निर्माणको पनि काम सम्पन्न भई सकेको पालिकाले जनाएको छ । यसैगरी ६ वटा मन्दिर र ६ वटा भुयार निर्माण एवम् ५ वटा विद्यालयमा भवन निर्माण, २ वटा विभिन्न संघ–संस्थाको भवन
निर्माण, १ वटा सेल्टर भवन निर्माण, २ खानेपानी टंकी निर्माण र १ स्वास्थ्यचौकी निर्माण सम्पन्न भई सकेको छ । वडा नम्बर ६ को वडा कार्यालय निर्माण पालिकाले वडानम्बर ६ को आफ्नै भवन निर्माण भई सकेको छ । साथै १० विद्यालयमा भवन निर्माण गरिसकेको छ भने ४ किलोमिटर विद्युतिरकरण पनि भई सकेको छ । यसका अलवा ७ सय मिटर बाटो ग्राभेल, १ किलोमिटर नयाँ ट्रयाक खोल्ने, ७ सय मिटर पीसीसी, १४ मिटर नाली निर्माण, ५ स्थानमा कल्भर्ट निर्माण, १ पुल निर्माण र ३.५ किलोमिटर झोलुंगो निर्माण पनि सम्पन्न भई सकेको छ । त्यस्तै १ सेल्टर भवन निर्माण, २ खानेपानी टंकी निर्माण पनि सम्पन्न भई सकेको छ ।


वडा नम्बर ७ मा बाटो निर्माणलाई प्राथमिकता
पालिकाले वडा नम्बर ७ मा बाटो निर्माण कार्यलाई बढी प्राथमिकतामा राखेर काम गरेको छ । पालिकाले ४ वर्षमा वडाको २ किलोमिटर पक्की सडक निर्माण गर्नुका साथै २५ किलोमिटर सडक ग्राभेल, २ किलोमिटर नयाँ ट्रयाक र १ किलोमिटर पीसीसी बाटो निर्माण गरिसकेको छ ।
त्यस्तै ४.५ किलोमिटर नाली निर्माण, २ स्थानमा कल्भर्ट निर्माण र३ स्थानमा पुल निर्माण गरिसकेको छ । साथै ६ वटा मठमन्दिरमा भौतिक निर्माणको पनि काम सम्पन्न भई सकेको छ । वडा नम्बर ८ मा तटबन्धनलाई प्राथमिकता राप्ती

सोनारीको वडा नम्बर ८ मा पालिकाले ३० किलोमिटर तारजाली तथा ३० मिटर तटबन्धन गरिसकेको छ । जंगली जनवारबाट किसानको खेती जोगाउन पालिकाले तारजालीलाई प्राथमिकता मा दिएको पालिकाले जनाएको छ ।
त्यस्तै पालिकाले वडामा २.५ किलोमिटर पक्की सडक निर्माण, १५ किलामिटर बाटो ग्राभेल, ५ किलोमिटर नयाँ ट्रयाक खोल्ने, १.५ किलोमिटर नाली निर्माण, ४ वटा कल्भर्ट निर्माण र १ झोलुंगे पुल निर्माण गरिसकेको छ ।अन्यमा ४ वटा मन्दिर र ३ भुयार थान निर्माण, ६ वटा विद्यालयमा भवन निर्माण, आफ्नै वडा कार्यालयको भवन निर्माण, १ खानेपानी टंकी निर्माण, २.५ विद्युतिकरण र १ स्वास्थ्यचौकी निर्माण गरिसकेको छ । वडा नम्बर ९ मा बाटो निर्माणलाई प्राथमिकता वडा नम्बर ९ पनि बाटो निर्माणलाई नै प्राथमिकता दिइएको छ । ४ वर्षमा वडाको ३ किलोमिटर बाटो पक्की निर्माण, १६ किलोमिटर ग्राभेल, ५ किलोमिटर नयाँ ट्रयाक, ३.५ किलोमिटर नाली निर्माण, ३ वटा कल्भर्ट निर्माण र १ पुल निर्माण भएको छ । साथै १४ किलोमिटर तारजाली, ४ मठमन्दिरमा भौतिक निर्माण, ३ विद्यालयमा भवन निर्माण, ३ किलोमिटर विद्युतिरकण र १ नागरिक आरोग्उ केन्द्रको स्थापना गरिएको छ । भने पलिकाले यस आर्थिक बर्षको लागी पनि राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपैयाँ सम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गत आर्थिक वर्ष २०७८÷७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको उनले

बताए । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको डाँगीले
जानकारी दिए । गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ । वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । ‘वडाको जनसंख्या, भुगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रुपमा बजेट विनियोजन गरेका छौं,’ उनले भने । स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम (आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास र सुशासन) पाँच वटा विषयगत क्षेत्रहरुमा रहि नीति बजेट तथा कार्यक्रम तर्जुमा गरी पेश गर्न वडा कार्यालयलाई
अनुरोध गरिएको छ ।

२९ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech