सकियो जुनियर ब्याडमिन्टन, ‘खेलकुदका लागि सहकार्य’

पिपलबाेट संवाददाता


प्राथमिक तहबाटै खेलाडी तयार गर्ने उद्देश्यका साथ बाँके जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको जुनियर ब्याडमिन्टन प्रतियोगिता सकिएको छ । आइतबार विजयी खेलाडीलाई पुरस्कृत गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले खेलकुदका लागि उपमहानगरपालिकाले सहकार्यको नीति लिएको बताए ।

संघका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको समापन कार्यक्रम अघि फाइनल खेलबाट अण्डर १५ तर्फ ब्वाइज सिंगलमा निश्चल थापा प्रथम हुन सफल भए । निशान्त कार्की दोस्रो, सुभाष साउद र शिखर नकर्मी तृतीय भए ।

गल्र्स तर्फ प्राची पौडेल, कृति शाक्य क्रमशः प्रथम र द्वितीय भए भने स्नेहा श्रेष्ठ र कृपा शाक्यले तृतीय पुरस्कार संयुक्त रुपमा ग्रहण गर्न सफल भए ।

यू १९ ब्वाइज तर्फ शिव सुनार प्रथम भए । राजेश बिसी द्वितीय तथा सचिन चौधरी र साहिल शेषले तृतीय पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक अनिल लाखेले जानकारी दिए । उनका अनुसार, यू १९ को गल्र्स सिङलमा प्राची पौडेल प्रथम भइन् । विपना थापा द्वितीय र कृति शाक्य तथा सुष्मिता पौडेल तृतीय भएको लाखेले जानकारी दिए

२९ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech