प्राकृतिक स्रोत दोहनका विरुद्ध राप्तीसोनारीले चालेको कदमको स्वागत

पिपलबाेट संवाददाता


राप्तीसोनारी गाउँपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन्, दोहन र तस्करीप्रति देखाएको चासोलाई सराहनीय भन्दै स्वागत गरिएको छ । नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडेलको विशेष चासोका कारण नदी, खोला, वन क्षेत्र आदिबाट भइरहेको अवैध उत्खनन्, दोहन र तस्करी रोक्न थालिएको कदमको स्वागत गरिएको हो । राप्तीसोनारीको नयाँ टिमले पहिलो प्रयासमा थालेको उक्त जनमैत्री कदमलाई सहयोग गर्न सबै तह र तप्कालाई आग्रह समेत गरिएको छ ।

वन तथा वातावरण संरक्षण समन्वय समिति राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बाँके र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बाँकेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय सरकार राप्तीसोनारीलाई यसअघि कैयौं पटक आग्रह गर्दा पनि ठोस कार्यान्वयनमा नआउँदा स्थानीय जनताको प्राकृतिक स्रोत माथिको अधिकारी कटौती भएको महसुस भइरहेका बेला नवनिर्वाचित जनप्रतिनिधिको टिमले देखाएको चासोलाई स्वागतयोग्य भनिएको छ । वन तथा वातावरण संरक्षण समन्वय समिति राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बाँकेका अध्यक्ष तुलाराम खत्री र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बाँकेका अध्यक्ष कृष्ण केसीद्वारा जारी विज्ञप्तीमा फितलो अनुगमनका कारण तस्करी झन झन मौलाउँदै जानुले त्यसको प्रत्यक्ष असर वन क्षेत्रमा बन्यजन्तुको सहज आवागमन र नेपाल सरकारको कम्दी जैविक मार्ग पुनःस्थापना आयोजनामा परिरहेको उल्लेख गरिएको छ ।

No description available.

“वन तथा सामुदायिक वन क्षेत्रमा अस्वभाविक नदीजन्य पदार्थको घाटगद्दी वन ऐन र नियमावलीको विपरीत देखिन्छ,” विज्ञप्तीमा भनिएको छ, “वन, वातावरण, जैविक विविधता संरक्षण एवम् स्थानीय समुदायको वातावरणीय अधिकार सुरक्षित गर्न वातावरण, जैविक विविधता र मानव बीचको दिगो विकासका विभिन्न प्राकृतिक स्रोतहरुको संरक्षण, व्यवस्थापन, जैनमैत्री सदुपयोगमा योगदान पुर्याउन सरकार, नागरिक समाज, जनप्रतिनिधिहरु, स्थानीय समुदाय सबैको उत्तिकै दायित्व रहन्छ ।”

३० जेष्ठ २०७९ मा प्रकाशित
Nabintech