कोहलपुर नगरपालिकामा विद्युतिय माध्यमबाट रकम भुक्तानी शुरु

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाले मंगलबार देखि लागु हुने गरेर कोहलपुर नगरपालिकामा विद्युतिय माध्यमबाट रकम भुक्तानी हुने भएको छ । कोहलपुर नगरपालिकाले चेकमार्फत होइन, सिधै सम्बन्धितको खातामा जम्मा हुने गरी व्यवस्था मिलाइएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिका राम ढकालले वताए ।
कोहलपुर नगरपालिकामा निर्वाचित भएर आउनु भएका नगर प्रमुखको आदेश अनुसार कार्य गरेको ढकालले वताए । ‘नगरपालिकाबाट काम छिटो छरितो गराउनका लागि यो प्रक्रिया अपनाइएको हो, नगरपालिकाबाट चेकमार्फत भुक्तानी दिइएको रकम बैंकमा लाइन लागेर क्लिरिन्समा हाल्नु भन्दा सिधै सम्बन्धित कम्पनीको खातामा रकम भुक्तानी हुने व्यवस्था मिलाइएको छ उनले भने ।’कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जनतालाई चेकलिने अनि बैंकमा लाईन लाग्नु पर्ने चेकमा सहि मिलेन यस्तो भयो चेक पसिनाले भिज्यो विभिन्न वहानावाट मुक्त गर्न र काम गर्ने काम को लोड कम गर्न यो प्रविधि लागु गरिएको आचार्यले वताए ।  ‘सम्पूर्ण व्यक्ति÷संस्था÷फर्म वा निकायले आफ्नो खाता नम्बर र नाम खुलेको चेकबुकको फोटोकपी भुक्तानी निवेदन दिनुहोला’ उनले भने, ‘काम गरेको विवरण पेश गर्नुपर्ने र भौचर स्वीकृत हुने विक्तिकै चेक नकाटिई रकम सिधै सम्बन्धितको खातामा स्थानान्तरण हुने व्यवस्था मिलाइएको छ ।’ यसले गर्दा सेवाग्राहीलाई सेवा र सुविधा निकै सहज र सरल हुने विश्वास व्यक्त गरे ।

 

३१ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech