कोहलपुर विकासको लागी लुम्विनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यको टोलीले कोहलपुरको विकासको लागी लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ज्ञापन पत्र बुझाएका छन् । कोहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्य ,उप प्रमुख संगिता सुवेदी, नेपाली काँग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल , नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भुषाल र प्रदेश वनमन्त्री सुरेन्द्र हमाल सहितको टोलीले मुख्यमन्त्री केसी लाई भेटेर कोहलपुरको विकासको वारेमा जानकारी गराएका थिए । कोहलपुरमा बाल अस्पतालको लागी, चिल्डेन पार्कको लागी, कोहलपुर रिङरोडको लागी ,थारु संग्रहालय , डुडुवा तडवन्धन , पेडारी नालामा पुल निर्माण , कोहलपुरमा आकासे पुल लगाएतका दर्जन बढि योजनाको लागी वजेट माग गरिएको कोहलपुरका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले वताए । मुख्य मन्त्री केसीले अहिले आफुले सवै योजनामा सहयोग गर्न मन भएतापनि समय ढिला भएकाले प्राथमिकताका आधारमा वजेट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर कोहलपुरमा वाल अस्पताल वनाउनको लागी भने आफुले जसरी पनि वजेट विनियोजन गर्न लगाउने आस्वासन दिएको प्रमुख आचार्यले वताए । निर्वाचनको भएको वर्ष हुदा आफुहरु निति तथा कार्यक्रम सार्वजनिक भैसकेको अवस्थामा प्रदेश पुग्दा भने जस्तो वजेट माग गर्न गाह्रो भएको वताए । प्रत्येक स्थानिय निकार्यहरु संग पहिला नै योजना माग गरेको हुदा अहिले पठाएका योजनामा वजेट विनियोजन गर्न समस्या देखियो ।

३१ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech