कोहलपुर नगरपालिकाका कार्यबाहक मेयरमा शाह

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाका कार्यबाहक मेयरमा विरेन्द्र कुमार शाह भएका छन् । कोहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्य र उप मेयर संगिता सुवेदी लुम्विनी प्रदेशको कार्यक्रमा बुटवल गएको हुदाँ कोहलपुर नगरपालिका वडा नं. १२का वडा अध्यक्ष विरेन्द्र कुमार शाहलाई कार्यवाहक मेयरको जिम्मेवारी प्रदान गरिएको थियो । शाहले कार्यबाहक मेयरको हैसियतले कोहलपुर नगरपालिकाका विद्यालयको गर्मी विदा थप ३ दिन थपेका छन् ।

३१ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech