अखाद्यय बस्तुको विक्री वढ्दै गरेकाले खाद्यबस्तु किन्न अघि सचेत बनौ,

पिपलबाेट संवाददाता


अहिले बजारमा रंङ्गीबिरङ्गी फलफल अनि लेवल नभएका गुणस्तरमा आशंका लाग्ने खाद्य बस्तु छ्यापछ्याप्ती आउन थालेका छन् । हेर्दै रहर लाग्दो लिचि बजार भरि देखिन्छ । गर्मीमा आईक्रिम भन्दै डब्वामा राखेर ब्यापारी चोक चोकमा कराइरहेका छन् । हेर्दा आकर्षक लाग्ने नेस्केफे कपमा बिना लेवलका आईक्रिम चोक चोकमा खुले आम बिक्री वितरण भइरहेका छन् ।
बजारमा कलर लगाएका लिचि बेचिएको आम उपभोक्ताको गुनासो आए पछि संयुक्त बजार अनुगमन समितिले मंगलबार बजार अनुगमन गरेको थियो । अनुगमन टोलीले बिपि चोक, धम्बोजी लगायतका स्थानमा राखिएका फलफुल, लगायतका खाद्य बस्तुहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अस्वाभाविक रातो कलरका लिचि पाइए पछि गुणस्तर चेकजाँजका लागि नमुना संकलन गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षक बिवेक सुवेदीले जानकारी दिए । यसैगरी धम्बोजी चोकमा गरिएको अनुगमनका क्रममा बिना लेवलमा आईक्रिम राख्न बेचिएको पाइएपछि अनुगमन टोली त्यस्ता बस्तु बेच्न रोक लगाएको छ ।

अनुगमनका क्रममा ४ वटा ठेलाको २६ हजार बरावरको आईक्रिस नष्ट गरेको, ब्यापारीलाई सचेत गराई आवश्यक कारवाहीका लागि कार्यालयमा बोलाइएको खाद्य प्रबिधि तथा गुण निण्न्त्रण कार्यालय बोलाएको खाद्य निरिक्षक बिवेक सुवेदीले बताए ।

बजारमा रंङ्गीबिरङ्गी फलफल अनि लेवल नभएका गुणस्तरमा आशंका भएका खाद्य बस्तु बिक्री वितरण गरेको पाइएकोले उपभोक्ता सचेत बन्न र नियमनकारी निकायको भूमिका प्रभावकारी बन्नु पर्ने बताए । बजारमा अहिले रंङ्गीबिरङ्गी फलफुल आईरहेका छन् । समय नहुदै औषधी राखेर पकाएको आप, अस्वाभाविक लाग्ने राता कलरको चिली बेचबिखनका लागि राखिएकाले उपभोक्ताले सामान किन्नु अघि सचेत बन्नु पर्ने गौतमले बताए । मानिसको भिडभाड हुने चोकमा आईक्रिस भन्दै बिना लेवलका गुणस्तरिहित आईक्रिम बेच्न राखिरहेका राखेकाले कुनै बस्तु किन्नु र खानु अघि लेवर, गुणस्तर र परिणाम मुल्य हेर्न जरुरी रहेको उपभोक्ता हित संरक्षण मञ्चका बाँके सचिव प्रभात कुमार ठकुरीले बताए ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतम, सचिव प्रभात कुमार ठकुरी, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय डम्मर बहादुर बुढा, नेपालगन्ज उपमहानगरपालिका अमर चिडिमार खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका बिवेक सुवेदी र गणेश कुमार रोक्का, जिल्ला प्रशासन कार्यालय बाँकेका सडिल महरा लगायतको सहभागिता रहेको थियो ।

१ असार २०७९ मा प्रकाशित
Nabintech