कोहलपुर नेपालगन्ज सडक खण्ड को आइल्यानमा वृक्षारोपण हुने

पिपलबाेट संवाददाता


हरित सडक लुम्विनी प्रदेशको पहिचान भन्ने कार्यक्रम अन्तरगत बाँकेमा ४९०० मिटर आईल्यानमा वृक्षारोपण हुने भएको छ । कोहलपुर नेपालगन्ज सडक खण्डको बाबा नगर देखि हल्दारपुर सम्म ३२००मिटर र हुलाकी राजर्माग अन्तरगत पुरैनीगाँउ देखि मलभुपुर चोक सम्म को वाटो को साईडमा वृक्षारोपण गर्ने लुम्विनी प्रदेश सरकारले आर्थिक वर्ष ७८÷७९ मा वजेट विनियोजित गरिएको वजेट वाट गर्ने भएको जिल्ला वन कार्यालयका प्रमुख वन संरक्षक अधिकृत गणेश खड्काले वताए । लुम्विनी प्रदेश सरकारको मुख्य राजमार्ग र सहायक राजमार्ग हरियाली र सौन्दयकरण गर्ने उद्देश्यका साथ यहि असार १६ गते लुम्विनी प्रदेशका मुख्य मन्त्री कुलवहादुर केसी र वनमन्त्री सुरेन्द्र हमालले वृक्षारोपण गरेर समद्घाटन गर्ने कार्यक्रम रहेको खड्काले वताए । सडक क्षेत्रमा सदभार हरियो हुने र फुलफुल्ने प्रजातिका विरुवाहरु वृक्षारोपण गर्ने तयारी भएको खड्काले वताए ।उक्त कार्यको लागी ४५लाख माथिको लागत खर्च हुने भएको खड्काले वताए । वृक्षारोपण पश्चायत उक्त विरुवाको संरक्षकको जिम्मा सम्वन्धित नगर र पालिकाले गर्नु पर्ने गरि उपभोक्ता समिति गठन गरिएको वताए । उक्त समितिको अध्यक्षमा इन्द्र प्रसाद गौतम सचिव झुम नाथ योगी कोषाध्यक्ष हरिकला मगर , सदस्यहरुमा सिताराम थारु विदेशनी थारु ,जह्गिंर अलि साई , सुकविर वि.क, डम्वर वहादुर खत्री , धनिराम धोवी, रहेका छन् । यस्तै सल्हाकार तथा संरक्षण समितिमा कोहलपुर वडा नं. १४,८ र९ का वडा अध्यक्ष नम वहादुर आले ,लालबहादुर राना र ओपेन्द्र नाथ योगी सहित जानेन्द्र प्रसाद उप्रेती देवेन्द्र प्रसाद अधिकारी र निर्मल विष्ठ रहेका छन् ।

२ असार २०७९ मा प्रकाशित
Nabintech