एमालेका जनप्रतिनिधिहरुद्वारा राप्तीसोनारीको कार्यपालिका बैठक बहिस्कार

पिपलबाेट संवाददाता


राप्तीसोनारी गाउँपालिकाको आज हुने भनिएको कार्यपालिकाको महत्त्वपूर्ण  बैठकमा एमालेका जनप्रतिनिधिहरु अनुपस्थित हुँदै बहिस्कार गरेका छन् ।

आजको कार्यपालिका बैठकमा आगामी आर्थिक बर्षको बजेट बिनियोजन, नदिजन्य पदार्थको अवैध उत्खननमा कडाइ लगायत राजस्व संकलनका बिषयका एजेन्डामा  हुने भनिएको छलफलमा एमालेका जनप्रतिनिधिहरुको अनुपस्थितीले  गर्दा समस्या उत्पन्न भएको गाउँपालिकाले जनाएको छ।

जनप्रतिनिधिहरुले नै महत्त्वपूर्ण बैठकलाई अनुपस्थित भएर बहिस्कार गर्दा नीति तथा कार्यक्रम लगायतका बिषयमा छलफल हुन नसक्दा शिक्षक, कर्मचारी, वृद्ध भत्ता वितरण लगायत कार्यालय संचालनका कुराहरुमा समेत ढिलासुस्ती हुन पुगेको छ।

आजको यस्तो महत्त्वपूर्ण बैठकमा यसरी जनप्रतिनिधिहरुको बहिस्कारले  राम्रो सन्देश नदिएको उपस्थित जनप्रतिनिधिहरुले बताएका छन् ।

२ असार २०७९ मा प्रकाशित
Nabintech