कोहलपुरमा नक्कली सुन बिक्री गर्ने सात जनाको गिरोह पक्राउ

पिपलबाेट संवाददाता


कोहलपुरबाट नक्कली सुनका  गर–गहनासहित कोहलपुर प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई महिला र पाँच पुरुष रहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको थियो ।  इलाका प्रहरी कार्यलयको टोलीले बैजनाथ गाउँपालिका वडा नं. ६ सम्झना वजारमा सुन पसलमा सुन बिक्री गर्ने क्रममा उनिहरुलाई प्रहरीले पक्रउ गरेको थियो ।  पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं.२की निर्मला बोहरा, कोहलपुर नगरपालिका वडा नं.६ मनुराधा बपाल मगर, खजुरा गाउँपलिका वडा नं. २का तिलक सुनार, अर्घाखाँची घर भई कोहलपुर बस्ने सन्तोष सुनार, नवराज विश्वकर्मा, बैजनाथका दिनेश सुनार र पाल्पाका बाबुराम सुनार रहेका छन् ।

कोहलपुर क्षेत्रका सुन पसलहरुमा उनीहरुले सुन बिक्री वितरण र धरौटी राखेर रकम लिएको अनुसन्धान खुल्न आएको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।


‘नक्कली सुनलाई सक्कली भनेर बिक्री वितरण गरेर ठगी गर्दै आएको भन्ने सूचनाको आधारमा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेका हौं’ उनले भने, ‘बाहिर सुनको जलप लगाएर नक्कली गहना बेच्ने गरेको खुल्यो ।’ पक्राउ परेकाहरुको साथ प्रहरीले नक्कली सुनको छड्के तिलहरी ३ थान, माईली तिलहरी १६ थान, बाला ८ थान, मरहरी १ जोडी, जुली १ जोडी, नक्कली चाँदीको चुरा १ जोडी, चिप्टी २ थान, सुन काट्ने कंैची २ थान र हतौंडा १ वटा समेत बरामद गरेको छ । त्यसैगरी सनासो १ थान, पित्तलको पाता १ थान, औठी बनाउने फलामको डण्डी १ थान, ताल बराही ज्वैलर्स लेखेको ठेली १ थान, मालिका सुनचाँदी पसलको ठेली १ थान, पञ्चमुखी ज्वैलर्स लेखेको ठेली १ थान, सुन पगाल्ने ग्यास पप्प थान १ थान, सुन सुकाउने पम्प १ थान र नगद चालिस हजार समेत बरामद भएको बताइएको छ । पक्राउ परेका सातै जनामाथि ठगी सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको कोहलपुर प्रहरीले जनाएको छ ।पक्राउ पर्ने दुई जना सासु वुहारी नाता समेत वनाएर रहेछन् । आफ्नै घरको सुन भएको समस्या परेकाले विक्री गर्नु परेको भन्दै वहाना वनाएर वच्ने गरेका रहेछन् । प्रहरीले उनिहरुलाई अनुसन्धान गरिरहेको छ अव कति ठाउमा ठगरेका रहेछन् त्यसको डाटा आउने वताए ।

३ असार २०७९ मा प्रकाशित
Nabintech