कोहलपुर नगर मिडिया मैत्री र सुशासन युक्त वनाउने मेयर आचार्यको घोषणा

पिपलबाेट संवाददाता


कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आगामी आर्थीक बर्षका लागी शिक्षा र डिजीटल कोहलपुर प्राथमिकता रहने बताएका छन । कोहलपुर नगरपालिकामा निर्वाचित भएपछि पहिलो पटक आयोजित पत्रकार अन्र्तक्रियामा बोल्दै प्रमुख आचार्यले यस्तो बताएका हुन । उनले सार्वजनिक शिक्षाको गुणस्तरमा बृद्धि गर्न र डिजीटल प्रबिधी युक्त कोहलपुर नगरपालिका बनाउने लगायत स्वाथ्य , रोजगार सृजनाका क्षेत्रमा प्रथामिकताका साथ बजेट बिनियोजन गरिने जानकारी दिए । उनले सुशासन र पारदर्शीता प्राथामिकतामा राखेर काम गरि रहेको वताउदै सार्वजनिक खर्च कम गर्न बिदाको दिनमा सरकारी सवारी साधन प्रयोग नगर्ने , अपारदर्शी तरिकाकाले बितरण गरिने कोटेसन मार्फत गरिने काम रोक्ने , तथा कार्यपालिकाको निर्णयहरु सार्वजनिक गर्ने परिपाटीको बिकास गरिने जानकारी दिए । उनले अघिल्लो सरकारले गरेका अपादर्शी निर्णयहरु खारेज गरिने बताउदै हेफर ईन्टरनेशनल लगायतका गैर सरकारी संस्थाहरु संग साझेदारमा गरेका कामहरु रोकिने जानकारी दिए । कर्मचारी क्षेत्रमा रहेको ढिला सुस्ती र गैर जिम्मेवारी पन लाई निस्तेज गर्ने बताए ।उनले सकारात्मक आलोचन गर्न मिडीयाकर्मीहरु लाई आग्रह गदै आफ्नो कार्यकाल मिडियामैत्री हुने समेत प्रतिबद्धता जनाए । स्थानिय संचार माध्याम र संचारकर्मीको बिकास र प्रर्बद्धनमा सक्दो सघाउ पुर्याउने प्रतिबद्धता जनाए । यसै बर्ष देखि स्थानिय संचार माध्यामहरुको बर्गीकरण गरि लोक कल्याणकारी सुचनाहरु उपलब्ध गराउने उनको भनाई छ ।यस्तै मेयर आचार्यले संचार कमिहरुसंग कुरागदै अघिल्लो सरकारले दिएका विभिन्न योजनाहरुको भुक्क्तानी को लागी करिव २५ करोड भन्दा पढि पैसा अपुग हुने देखिन्छ यसरी आफुहरुले उक्त रकम भुक्तानी गर्दा आफुहरुले विकास वजेट वाट काट्नु पर्ने देखिन्छ यसरी वजेट नभएर काम गरेको देखिन्छ ।स्थानिय सरकारले दिने गरेर राख्यका शिक्षकहरुको मात्र ५५लाख तलव समेत दायित्वमा जाने अवस्था देखिन्छ । आफ्नो कार्यकालमा मिडिया संग भागरे भन्दा मिलेर काम गर्ने आफ्नो ईच्छा रहेको वताए । कोहलपुर नगरपालिकाले सो ईच्छा मुल्याङकनमा कोहलपुर नगरपालिकाले ४७ नम्वर हालेर पठाएको रहेछ यसलाई कसरी यो अंक वढाएर लग्न सकिन्छ भनेले आफुले छलफल सुरु गरेको वताए ।

 

४ असार २०७९ मा प्रकाशित
Nabintech