कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीको भवन शिलान्यास

पिपलबाेट संवाददाता


कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको भवन शिलान्यास
गरिएको छ ।

भवन शिलान्यास गदै कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले सामुदायिक प्रहरीले जनताले अनुभूति हुने गरि काम गरि रहेको बताए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जनताले चाहे अनुसार विकासले गति लिन थालेको भन्दै अब हरेक नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । मेयर आचार्यले प्रहरीले जनताको शान्ति सुरक्षाका लागि गम्भीर भएर लाग्नु पर्नेमा जोड दिए । समाजमा हुने रहेक विकृति विसंगतिलाई हटाई समुन्नत समाज निर्माणका लागि नागरिकले प्रहरीलाई सघाउनु पर्ने बताए । समुदाय र प्रहरीबिचको सम्बन्ध सुमधुर नभएसम्म शान्ति सुरक्षा प्रभावकारी हुन नसक्ने बताए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्य वहादुर के.सी.ले सामुदायिक सेवा केन्द्र कोहलपुरले छोटो समयमा जग्गा खोजी भवन शिलान्यास गर्ने कार्य गरेकोमा खुसी व्यक्ति गरेका थिए । सवै मिलेर यस भवन निर्माण गर्नु पर्ने वताए र सवै संग सहयोगको लागी आग्रह समेत गरेर कार्यक्रमा सामुदायिक सेवा केन्द्र कोहलपुरका संस्थापक अध्यक्ष नारायण प्रसाद गौडेलले कोहलपुर नगरपालिका वडा नं. २ले सामुदायिक सेवा केन्द्र कोहलपुरलाई जमिन दिएर सहयोग गरेकोमा कोहलपुर नगरपालिका लाई धन्यवाद दिएका थिए । कोहलपुर नगरबासीको सम्पतिको रुपमा रहेको कोहलपुर सामुदायिक प्रहरी को भवन निर्माणको लागी सवै क्षेत्रवाट सवै जनाले सक्दो सहयोग गर्न समेत आग्रह गरेका थिए । कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम कृष्ण अधिकारी , इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन वहादुर मल्ल , उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारी , वडा नं. २का वडा अध्यक्ष हरिसिंह कठायत , वडा नं. ४का मुवारक अलि गुजर वडा नं. ८का अध्यक्ष लाल वहादुर राना सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार जोसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।भवन शिलान्यास भने प्रमुख अतिथि पुर्ण प्रसाद आचार्य प्रमुख जिल्ला अधिकारी सूर्य वहादुर के.सी. र वडा नं. २का वडा अध्यक्ष हरि कठायतले संयुक्त रुपमा गरेका थिए । सोहि कार्यक्रमा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारीले भवन निर्माणको लागी ५१०००\- र संस्थापक अध्यक्ष नारायण प्रसाद गौडेलले २५५५१\- सहयोग गर्ने घोषण गरेका थिए ।

४ असार २०७९ मा प्रकाशित
Nabintech