नेपाल र भारतका साहित्यकार विच परिचयात्मक कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता



नेपाल भारत मैत्री संघ कोहलपुर उपशाखाद्वारा आयोजित नेपाल र भारतका साहित्यकारहरुसँगको परिचयात्मक कार्यक्रममा ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल भारत मैत्री संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुष्मा शर्माले दुई देशका साहित्यकारहरुलाई एकै मञ्चमा कार्यक्रम गर्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने हुनाले यस्तो खालको कार्यक्रममा आफू सधैं सकारात्मक हुने र सहयोग गर्ने बताइन्।
विशिष्ट अतिथिका रुपमा भारतको महाराष्ट्रका साहित्यकार राजेन्द्र खटाटेले नेपाल भारतको साहित्यलाई अनुवादका माध्यमबाट देश बिदेशमा पुर्याउन लागि परेको बताए ।विशिष्ट अतिथि मनिषा खटाटे र बहरमइचका उर्दु सायर सारिक अम्बानीले नेपाली र भारतीय साहित्यकारहरुको सम्बन्ध पुरानो रहेको बताउँदै कोहलपुरका साहित्यकारलाई भेट्दा खुशी लागेको बताए ।

कार्यक्रमका सभापति तथा नेपाल भारत मैत्री संघ उपशाखा कोहलपुरका अध्यक्ष चण्डी प्रसाद गैरेले साहित्य कला र संस्कृतिको सम्बन्ध निकै आत्मिय र घनिष्ठ रहने बताए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा साहित्यकारहरु महानन्द ढकाल, सागर गैरे,कपिल अञ्जान, सुमित्रा न्यौपाने, नवीन अभिलाषी, देवकी निरौला, नमिता बराल, बद्रि ढकाल, हेमप्रकाश मञ्जिल, विक्रम शिशिर, प्रकाश मरासिनी लगायत झन्डै तीन दर्जन बढि साहित्यकारहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा भारतबाट आएका साहित्यकारहरुलाई रद्राक्षको माला लगाएर सम्मान गरिएको थियो ।

४ असार २०७९ मा प्रकाशित
Nabintech