कोहलपुर नगरपालिकामा शिक्षकहरुको ५५लाख वरावरको तलव दायित्वमा जादै

स्वास्थ्य शाखामा काजमा आएका १८ जना कर्मचारीको तलव मन्त्रालय पठायन


पिपलबाेट संवाददाता


कोहलपुर
कोहलपुर नगरपालिकामा फादिल कर्मचारीका कारण अन्य कर्मचारी मारमा गरेका छन् । कोहलपुर नगर पालिकामा कुनै समय गरिएको कर्मचारी भत्ति केन्द्रको रुपमा विकास गरिएको कारण अहिले कोहलपुर नगरपालिका आर्थिक समस्यामा परेको छ ।
कोहलपुर नगरपालिकामा हाल ३० वटा सामुदायिक विद्यालयहरु रहेका छन् । जसमा ९देखि १२ कक्षा संचालन गरेका १३ वटा र ० देखि ८ सम्म कक्षा संचालन गरेका १७विद्यालय रहेका छन् । कोहलपुर नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरमा स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक १४४ जना रहेका छन् । नगर अनुदानबाट ४१ जना शिक्षक रहेका छन् भने मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४ शिक्षक र १ जना कर्मचारी रहेको कोहलपुर नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारले वताए । उनका अनुसार कोहलपुर नगर अनुदानमा राखिएका शिक्षकहरुले तिन महिना(बैसाख ,जेष्ठ र असार)को तलव पाएका छैनन् र अहिले दिन पनि नसकिने भएको नगरपालिकाले वताएको नगर शिक्षा शाखा प्रमुख ले वताए । नगर अनुदानबाट राखिएका शिक्षकहरुलाई तिन महिनाको मार्षिक पारिश्रमिक रु ५५लाख दिनु पर्ने देखिन्छ । तर विभिन्न शिर्षकवाट वचेर आएको हिसाव हुन बाकी रहेकाले केहि कमहुन सक्ने देखिन्छ मिजामरले वताए ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले वजेट आभाव भन्दा पनि यो भन्दा पहिलाका शिक्षा समितिले को बैठकले नगर अनुदानमा रहेका शिक्षकहरुलाई दरबन्दी अनुसारको स्केल दिने भनेर निर्णय गरेर नगर कार्यपालिकामा पठाएको र नगर कार्यपालिकाले वजेटको खोजी नगरेर स्केल आुसारको तलव र सेवा प्रदान गर्ने निर्णय गरेको हुदा अहिले समस्या आएको ढकालले वताए । पहिला नगर अनुदानमा फिक्स तलव तोकेर विज्ञापन गरिएको थियो । यता नगर अनुदानका शिक्षकहरु २०७८ साउन र भदौमा राखिएको थियो तर असोज सम्म विद्यालयहरु बन्द रहेका थिए । कोहलपुर नगरपालिकाले नगर अनुदानको नाममा कम तलवमा आफु नजिकका शिक्षक भर्ना गरेको र पछि तवल सरकारी स्केल अनुरसार दिने निर्णय गरेको देखिन्छ ।
यस्तै कोहलपुर नगर स्वास्थ्य शाखामा दरबन्दी भन्दा १८ जना काज सुरुवा गराएर ल्याएको हुँदा अहिले मन्त्रालय वाट काजमा रहेका कर्मचारीको तवल भत्ता नआउदा अन्य कर्मचारी तलव नपाउने मारमा परेका छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले यस विषयमा कोहलपुर नगरपालिकामा भएका विभिन्न खालका विक्रितीका कारण विभिन्न खालका समस्या आएको र यसलाई केलाएर अगाडी वढ्ने वताए । शिक्षामा ५५लाख , स्वस्थ्यमा १८ जना काजमा कर्मचारी तर उहाहरुको तलव केन्द्रले नपठाउने , निमार्णमा पनि विना वजेट विभिन्न किसिमका सम्झौता र भुक्तानी दिने रकम नभएको जस्ता थुप्रै समस्याहरु नगरपालिकामा रहेको वताए । तर आगामि आर्थिक वर्षवाट यस्ता खालका समस्या आउन आफुले नदिने वताए ।

६ असार २०७९ मा प्रकाशित
Nabintech