कोहलपुरका दुई बालिका ४ दिन देखि बेपत्ता !

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं.१२ र १३ घर भएका २ बालिकाहरु बिगत ४ दिन देखि बेपत्ता भएका छन । बेपत्ता हुनेमा कोहलपुर वडा नम्बर १२ निवासी सुचना चन्द र वडा नं.१३ कि एलिसा नेपाली रहेको परिवार पक्षले बताएको छ । सुचना चन्दको परिवारको अनुसार असार महिनाको १ गते फिल्म हेर्न र घुम्न जाने भन्दै घरमा २ हजार रुपैया मागेको तर उक्त पैसा परिवारले नदिने भने पछि उनी रिसाएको चन्दको परिवारले बताउछ । सुचना कि आमाको अनुसार “१४ बर्षको वच्चाले २००० मागे पछि मैले यत्रो पैसा किन चाहियो मात्र भने तर ननि रिसाइ । सोही क्रममा असार २ गते करिब दिउसोको २ बजेको समयमा घर बाट निस्केको रहिछे।’’ यसरी परिवार संग पैसा नदिएको भन्दै रिसाएकी चन्द घर बाट निस्केको २ दिनसम्म आफन्त र सबै साथीभाइको मा खोजतलास गर्दा सुचना चन्द एक्लै नभइ उनको साथमा एलिसा नेपाली पनि सगै रहेको पत्ता लागेको हो। एलिसाको ठूलोममि भनिने महिला सगं बुझ्दा एलिसा र सुचना सङै हिडेको प्रष्ट पारिन । सोही क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरले सम्भाबित क्षेत्रहरुमा होलिया सहित पत्रचार समेत गरिसकेको छ । तर पनि हराएका बालिकहरुको बारेमा आधिकारिक कुनै जानकारी समेत नहुदा चन्द कि आमा बेहोस अबस्थामा छिन । त्यसैक्रममा एलिसा नेपाली लाई चिन्ने एक ब्यक्तीले असार ५ गते कोहलपुर बाट सुर्खेतको बाटोमा रहेको बबई पुल नजिकै देखेको बताएका छ्न तर सो कुरा आधिकारिक होकि हैन भन्ने पुष्टि हुन बाकि नै छ । उनिहरु सुर्खेत,कोहलपुर,काठमाडौ अदि क्षेत्रमा हुन सक्ने प्रहरी स्रोतले बताएको छ । प्रहरी स्रोतका अनुसार सबै लोकेसनहरु हेर्न कार्य भइ रहेको र लोकेसन दैनिक जसो बदलिएको स्रोतले बताएको छ । उनिहरु सुर्खेत समेत पुगेको जनाइएको छ । तर आधिकारिक भने हैन । को संग ? किन यसरी हिडेको ..? या कस्को लहाई लहाई मा हिडेको हुन भन्ने थाह नहुदा परिवारका सदस्यहरु को रुवाबासी नै चलेको छ । कोही कसैले देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन परिवार पक्षले विनम्र अनुरोध समेत गरेको छ ।

६ असार २०७९ मा प्रकाशित
Nabintech