कोहलपुर नगरपालिकाको आर्थिक वर्ष ७९/८०को नीति तथा कार्यक्रम र करिव एक अरव भन्दा माथिको वजेट ल्याउदै

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको ११औ नगर सभा बुधबार दिउसो १ वज्ये हुने भएको छ । सभामा आर्थिक वर्ष २०७९/८०को लागी निती तथा कार्यक्रम आउने छ । कोहलपुर नगरपालिकाले ल्याउने आर्थिक वर्ष २०७९/२०८०को वजेटले शिक्षा ,स्वास्थ्य र डिजिटल प्रविधिको विकासमा प्राथमिकता दिने गरेर आउने नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जानकारी गराएका थिए । समाज परिर्वतण गर्ने हो भने पहिला शिक्षा सुधार गर्न आवश्यक भएको आचार्यले वताए । कोहलपुर नगर पालिकाले बुधबार पहिलो चरणमा निति तथा कार्यक्रम ल्याउने र दोस्रो चरणमा वजेट पेस गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले वताए । आर्थिक वर्ष २०७९/२०८०को लागी कोहलपुर नगरपालिकाले करिव १अरव माथिको वजेट ल्याउने तयारी गरिएको कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले वताईन् । तर कोहलपुर नगरपालिकामा भने करिव २५ करोड भन्दा माथिको यस आर्थिक वर्षको दायित्व तिर्ने गरेर वजेत ल्याउनु पर्ने देखिन्छ । अधिल्लो वर्ष गरिएका केहि कार्यक्रम आगामि आथिक वर्ष निरन्तरता नहुने गरेर वजेट आउन लागेको छ । धेरै प्रभावकारी हुन नसकेका कार्यक्रमहरुलाई परिमार्जन गरेर वजेट आउन लागेको उपप्रमुख संगिता सुवेदीले वताईन् । यसवर्षका केहि कार्यक्रमहरु रोकेर भएपनि दायित्व कम गर्ने तर्फ लागीएको सुवेदीले वताईन् ।

७ असार २०७९ मा प्रकाशित
Nabintech