कोहलपुर नगर प्रमुख आचार्यद्धारा फाइजर खोप लगाउने कार्यको अनुगमन

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले विद्यालयमा गएर बालबालिकालाई लगाउन लागेको फाइजर खोपको अनुगमन गनेका छन् । कोहलपुर नगरपालिका वडा नं. १मा श्री जन ज्योती माविमा कौशिलानगरमा पुगेका थिए । बाल बच्चा भनेका भोलिका देशका र्कणधार भएको आचार्यले वताए । आचार्यले अहिले कोहलपुरमा फाईजर खोल लगाएका ४८५२ जना भएका छन् । यस्तै कोहलपुर नगरपालिका अव बाँकी ९५३० डोज भ्याक्सिन रहेको वताए । यसमा पनि अपुग भएका थप माग गर्ने समेत आचार्यले वताए । नगरमा रहेका सवै वाल वालिकालाई खोप लगाईने वताए । बाँकेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई विहीबारदेखि फाइजर खोप लगाउन सुरु गरिएको छ । जिल्लाका ८१ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । अधिकांश विद्यालयलाई खोप केन्द्र बनाइएको छ । स्वास्थ्यकर्मीकारुपमा यो पटक महिला स्वयम सेविकाहरुलाई परिचालन गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजारबढी बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप दिन लागिएको हो । यो खोप अभियानमा ७६ हजार २३९ जना बालबालिकालाई समेट्ने लक्ष्य लिइएको पनि श्रेष्ठले जानकारी दिए । बाँकेमा ८० हजार डोज खोप आएको छ । खोप अभियान शनिवार ११ गतेसम्म चल्नेछ ।

९ असार २०७९ मा प्रकाशित
Nabintech