कोहलपुर नगरपालिकाद्धारा किसान हरुलाई २१ थान पावर टिलर वितारण

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९को ५० प्रतिशत दिने कार्यक्रम अन्तरगत पावर टिलर वितरण गरिएको हो । कृषि व्यवसाय गरी आयआर्जनमा वृद्धि ल्याउने उद्देश्यले कोहलपुरका कृषकलाई पावर टिलर प्रदान गरिएको कोहलपुर नगरप्रमुख पुर्ण प्रसाद आचार्यले वताए । कोहलपुर नगरपालिकाले किसानहरुको अभिलेखीकारण गर्ने र नगरपालिकाले प्रदान गरेका अनुदानको दुरुपयोग नहोस् भन्ने आफ्नो भनाई रहेको वताए ।

 

अव कृषिकार्य जिविकोपार्जण गर्ने मात्रको लागी नभएर किसानलाई व्यावसीयक रुपमा अगाडि वढ्नु पर्ने देखिन्छ । आत्मनिभर कृषि प्रनाली बाट अनुधिकरण तिर लाग्नु पर्ने देखिन्छ । हिजोको परम्परागतको कृषि कार्यवाट किसानको लगानी समेत उठ्न नसकेको अवस्थामा किसानहरु पेसावाट नै विमुख हुनु पर्ने अवस्था आएको देखिन्छ । यसलाई अव प्रभावकारी तरिकाले कृषि पेशालाई अगाडि वढाउनु पर्ने वताए ।

 

किसानहरुले समयमा मल पाउन नसकेर समस्या उत्पन्न भएको छ । यो मागलाई स्थानिय सरकारले किसानका समस्या देख्दा समेत मल दिन नसकिने अवस्थालाई केन्द्रिय सरकारले मल खरिद प्रकियालाई स्थानिय तहले समेत खरिद गर्ने सक्ने कानुन वनाउनु पर्ने वताए । किसानहरुले यो पावर टिलरलाई अनुदानको भन्दा पनि आफ्नो पनि लगानी छ भनेर भरपुर्ण प्रयोग गनुहुने छ भन्ने आफुले विश्वास लिएको वताए । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप प्रमुख संगिता सुवेदीले कोहलपुरका किसानहरु अव कोहलपुरमा बाझो जमिन नहुने गरेर अगाडि वढ्नु पर्ने वताईन् । साथै किसानले अव कोहलपुरलाई कृषिमा अत्मनिभर वनाउन लाग्नु पर्ने वताईन् । किसानहरुलाई कोहलपुर नगरपालिकाले विषेश रुपमा सहयोग गर्ने कार्यक्रम ल्याएको वताईन् । कोहलपुर नगरपालिकाको ५०प्रतिशत लगानि र किसानहरुको ५० प्रतिशत लगानिमा १३ वटा ठुला पावर टिलर र ८ वटा सानो पावर टिलर वितरण गरिएको नगर कृषि शाखा कोहलपुरका प्रमुख चन्द्र वहादुर बुढाले वताए । कोहलपुर नगरपालिकाको १८लाख र किसानको १८ लाख गरेर ३६ लाख वरावरको समाग्री वितरण गरिएको वताए । पावर टिलर प्राप्त गर्ने किसान समुह ,सहकारीहरु रहेका छन् । मिनि पावर टिलर प्राप्त गर्नेहरु श्री छायानाथ कृषिसहकारी संस्था कोहलपुर २का डम्वर वहादुर सुनार र कोहलपुर ३का रिता शर्मा वराल,अमृता डाँगि कोहलपुर १२, पुजा च्याउ खेती कृषि र्फम कोहलपुर वडा नं.७ वाट सुसोभान थारु , रतिराम थारु र कर्मलाल पुन मगर रहेका छन् । उनिहरुले जनहि २९ हजार रुपैया बुझाएका थिए । यस्तै ठुलो पावर टिलर प्राप्त गर्नेहरुमा प्रगतिशिल किसान समुह कोहलपुर ९ मा १५ सदस्य समुह रहेको छ त्यहा भएका सवैले वरावर रुपैया उठाएको र आवश्यकता अनुसार अव पावर टिलर चलाउने प्रदिप कुमार चौधरीले वताए ।

आफुहरुले सवै मिलेर ९३हजार ५ सय रुपैया बुझाएको वताए ।यस्तै उद्यमशिल कृषक समुह कोहलपुर १३ रामकालु थारु , कैलास चिडिमार र रोहित चिडिमार कोहलपुर १५ , पार्वती सिक्टा सिचाई समुह का वेलपति थारु कोहलपुर ७, सिमा कृषक समुहबाट सिताराम थारु कोहलपुर ९ , मिलिजुली कृषक समुह वाट मुकेश थारु ,कोहलपुर ६ ,भोमरहाने कृषक समुह वाट बलिराम थारु कोहलपुर ५, रामलखन थारु कोहलपुर ७, सुनौलो कृषक समुह वाट सियाराम चौधरी र नारायणी सागसव्जी च्याउ खेती समुहवाट रतिराम चौधरी कोहलपुर ७ रहेका छन् । हो । प्रगतिशिल कृषक समूहका प्रदिप चौधरीले आधुनिक प्रविधिले कृषि व्यवसाय गर्न कृषकलाई सहयोग पुग्ने बताए । अनुदानमा टिलर पाएपछि कृषक उत्साहित भएको उनले बताए ।

१० असार २०७९ मा प्रकाशित
Nabintech