कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा कौशिल्या अस्पताल प्रा.लिको आयोजनामा जेष्ठ नागरिकहरुलाई फिजिसियन चिकित्सकद्धारा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको प्राङ्गणमा संचालन हुने भएको छ । कोहलपुर नगरपालिका वडा नं. २का वडा अध्यक्ष हरि कठायतले वडामा रहेका ६५वर्ष माथिका सवै जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको वताए । उक्त कार्यक्रम विहान १० वज्ये देखि दिउँसो ३ वज्ये सम्म हुने कठायतले जानकारी दिए । शिवरिमा आखाँ लगायत फिजिसियन डाक्टरबाट सेवा प्रदान गर्ने कार्यक्रम रहेको वताए । जेष्ठ नागरिकलाई सम्मान खादाले भन्दा आफुहरुले स्वास्थ्य जाँच गरेर सम्मान गर्ने लागेको कठायतले वताए । सवै जेष्ठ वडा बासिहरु आमा बुवाहरुलाई शिविरमा आउन समेत वडा अध्यक्ष कठायतले आग्रह समेत गरे ।