नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सूर्योदयको सम्मान

पिपलबाेट संवाददाता


बाँकेको बैजनाथ गाउँपालिका वडा न १ स्थित सूर्योदय माध्यमिक विद्यालय चिसापानीले नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई विद्यालयले सम्मान गरेको हो ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत प्राविधिक शिक्षा स्थानीय सरकारको प्रथम उद्देश्य रहेको बताएका छन् । शाहीले विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको मापन गर्नाका लागि एक मावि एक नर्स कार्यक्रम आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोज गरिने जानकारी गराए ।

शाहीले विद्यालयको पूर्वाधार विकास मा स्थानीय सरकारले ल्याएको बजेटमा समेटिएको जानकारी गराउदै गुणस्तरीय प्रविधियुक्त शिक्षालाई मध्य नजर गरिने स्वागत तथा बधाई कार्यक्रममा भनेका छन् ।

विद्यालयलले नव निर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सम्मानपत्र समेत प्रदान गरेको थियो ।

११ असार २०७९ मा प्रकाशित
Nabintech