स्वःमूल्याङ्कनमा डुडुवा यस वर्ष पनि प्रथम र कोहलपुर सातौं स्थानमा

पिपलबाेट संवाददाता


बाँकेका आठ स्थानिय निकाय मध्य डुडुवा गाउँपालिका संस्थागत क्षमता स्वःमूल्याङ्कनमा राम्रो अंक ल्याएर यस वर्ष पनि बाँके जिल्लामै पहिलो भएको छ । डुडुवा गाउँ पालिकाले ५९ अंक ल्याएको थियो । जानकी गाउँ पालिका ५३. २५ अंक लाई दोस्रो भएको छ । त्यस्तै क्रमस खजुरा गाउँ पालिका र नेपालगन्ज उपमहानगरपालिका ४८.५ अंक प्राप्त गरेका छन् । त्यस पछि बैजनाथ गाउँपालिका ४५.५, ननैनापुर गाउँ पालिका ३९.२५ , कोहलपुर नगरपालिका ३३.२५ र राप्ती सोनारी गाउँ पालिका ३०.५ अंक प्राप्त गरेका छन् । स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन कार्यविधि २०७७ अनुसार डुडुवा गाउँपालिका जिल्लाकै पहिलो भएको हो । बाँकेका ८ वटै स्थानीय तहहरुको मूल्याकंनमा डुडुवाको सबै भन्दा बढी अंक आएको हो । जिल्ला समन्वय समिति बाँकेमा आयोजित एक कार्यक्रममार्फत मूल्याकनकर्ता चानक्य अधिकारीले जिल्लाका सबै पालिकाको अंकसहितको नतिजा घोषणा गरेका थिए । यस्तै कोहलपुर नगरपालिका ७ नम्वरमा परेको छ भने राप्ती सोनारी गाउँ पालिका ८ नम्वरमा परेको छ । स्वःमूल्याङ्कन विषय क्षेत्रहरुमा पालिकाको शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य तथा समन्वय लगायत १० विषय क्षेत्र अन्तर्गत एक सय सूचकलाई विश्लेषण गरि अंक प्रदान
गरिएको हुन्छ । स्वःमूल्याङ्कन अंक बढी आउनु भनेको कार्यालयको काम काज तथा प्रक्रिया व्यवस्थित रहेको देखाउँछ ।
गतवर्ष पनि डुडुवाले स्वमूल्याङ्कनमा ६६.७५ प्रतिशत अंक प्राप्त गरि पहिलो भएको थियो ।कोहलपुर नगरपालिकाले गरेका विभिन्न काम र सुशासन ,पुर्वाधार र आर्थिक व्यवस्थापनमा सारै कमजोर देखिएको छ । कोहलपुर नगरपालिकाले स्वमूल्याङ्कनमा आफैले ४७.७५ अंक हालेर रिपोट पठाएको थियो । यस विषयमा कोहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्यले अव आफ्नो मुख्य लक्ष्य भनेकै कोहलपुर नगरपालिकालाई स्वमूल्याङ्कनमा प्रथम वनाउन सवै खालका कार्य गर्ने आफु तत्पर भएर लाग्ने र कर्मचारीहरुलाई पनि लगाउने उनले वताए । स्वमूल्याङ्कनले यस भन्दा अगाडि कोहलपुर नगरपालिका कसरी संचालन भएको रहेछ भन्ने यसै स्वमूल्याङ्कन वाट प्रष्ट बुझ्न सकिने आचार्यले वताए । सवै भन्दा ठुलो
कुरा विधि र पद्धतीको विकास नै महत्व पुर्ण हुने वताए ।

११ असार २०७९ मा प्रकाशित
Nabintech