कोहलपुर रेडक्रस उप शाखाको १८ औं स्थापना दिवस मनाईयो

पिपलबाेट संवाददाता


नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाको १८औँ उपशाखा स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले कोहलपुर रेडक्रस यस क्षेत्रको नमुना उपशाखा भएको वताए । यसको विकासको लागी कोहलपुर नगरपालिकाले साथ र सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । साथै अव वर्षातको समय आएकाले अव हुन संक्ने दैविक प्रकोपका वारेका पनि शाखा तयारी अवस्थामा बस्नु पर्ने आचार्यले वताए ।  यस्तै कोहलपुर रेडक्रसले व्लड बैंक स्थापना गर्नका लागी नगरपालिका सहयोग गर्न तयार रहेको वताए । यस्तै कार्यक्रमा कोहलपुर वडा नं. ८का वडा अध्यक्ष लाल वहादुर रानाले कोहलपुरको नमुना संस्था मध्य पर्ने यो शाखाले यस क्षेत्रका विभिन्न समाजिक कार्य गदै आएको वताए । अव संस्थको निकट भविश्यमा अधिवेसन समेत हुने वताए । कार्यवाहाक सभापति बद्रिनाथ सापकोटा सभापतित्वमा स्थापना दिवस कार्यक्रम मनाईएको थियो ।

 

,स्थापना दिवशमा नगर प्रमुख, र का.वा. सभापति बद्रिनाथ सापकोटाको सयुक्तमा केक काटेका थिए । कार्यक्रममा वडा नं. ८,४,५ र१० वडा अध्यक्षहरु ,कार्यक्रमा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेल , नारायण सिग्देल, सामुदायिक सेवा केन्द्र कोहलपुरका अध्यक्ष यम वहादुर गैरे , (यशस्कर, विशिष्ट, आजीवन, साधारण) सदस्यहरु, तथा रेडक्रसप्रेमी, राजनितिक दल, बुद्धिजीवि, उद्योगी, ब्यापारी, शिक्षक नायक, जुनियर युवा रेडक्रस सर्कल, स्वय्मसेवक, कार्यसमिति, कर्मचारी, हरुको सहभागिताका रहेको थियो ।

११ असार २०७९ मा प्रकाशित
Nabintech