भुमिहिनले संघिय निर्वाचन पहिला नै लालपुर्जा पाउने ः सहमहामन्त्री पाण्डे

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले कोहलपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि हरुलाई एक कार्यक्रमका विच वधाई दिएका थिए । बधाई दिने क्रममा पाण्डेले भने‘ नेपाली काँग्रेसले कोहलपुरमा लामो समय पछि जित हात पारेको छ । यो जितलाई जनताको चाहाना अनुसार काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका थिए । ’कोहलपुरमा नेपाली काँग्रेसका कार्यकत्ता बढि देखिने तर जहिले पनि चुनाव जहिले पनि नेपाली काँग्रेसले चुनाव हार्ने ठाउको रुपमा विकास भएको कोहलपुर अहिले आएको मतपरिणमले गर्दा आफुलाई खुसि लागेको वताए । यस सफलताको पछाडि नेपाली काँग्रेसका सवै नेता कार्यकत्ताहरुको मेहेनेत भएको वताए । नेपाली काँग्रेसको सरकारले चुनाव अगाडि नै केन्द्रिय भुमि आयोग मार्फत भुमिहिन किसानलाई लालपुर्जा वितार गर्ने वताए । सवै नेपाली नागरिकले पुर्जा पाउने कुरामा ढुक्क हुन आग्रह गरे । नेपाली काँग्रेसले गठवन्धन गर्दा नेपाली काँग्रेसलाई केहि मात्रामा फाईदा भएको वताए । तर स्तानिय निकायको निर्वाचनमा नेपाली काँग्रेसले टिकट दिदा केहि मिलाउन नसकेकाले गर्दा केहि ठाँउ गुमाउनु परेका वताए । टिकट वितारण गर्दा वडा ,नगर ,प्रदेश ,क्षेत्रिय , जिल्ला, प्रदेशले टिकट बाड्दा पनि केहि समस्या देखिएको वताए । तर अव संघिय र प्रदेशको टिकट एकै ठाउ वाट वितरण गर्ने भएकाले यसमा नेताहरुले सुजबुझका साथ टिकट
वितरण हुने र कुनै विवाद नहुने वताए ।उनले नेपाली काँग्रेसले प्रदेश र संघिय निर्वाचनमा गठवन्धनका साथ अगाडि वढ्ने उनले वताए । यसले नेपाली काँग्रेसलाई पनि फाईदा हुन सक्ने वताए ।
नेपाली काँग्रेसले गठवन्धनमा कुरा राख्दा अहिलेको जनादेश अनुसार अगाडि वढ्नु पर्ने माग रहेको वताए । तर नेकपा माओवादिले भने पहिलाको निर्वाचनलाई आधार मानेर सिट वाटफाड हुनुपर्ने दावि गरेका छन् । कार्यक्रमा नेपाली काँग्रेसका नगरसभापति विरेन्द्र शाहले सभापत्तिवमा कार्यक्रम संचालन भएको थियो । कार्यक्रमा नेपाली काँग्रेसका जिल्ला कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य ,उपमेयर संगिता सुवेदी उप सभापति कृष्ण वहादुर कार्की ,जिल्ला सचिव ,सुधाङशु कोईराला ,सञ्जु कुमारी चौधरी ,प्रदेश सदस्य टेक नारायण भुषाल , नेता नारायण सिग्देल , भानुभक्त भट्टराई ,वलराम शर्मा लगाएतका रहेका थिए ।

१३ असार २०७९ मा प्रकाशित
Nabintech