आदीवासी जनजाती लक्षित अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको आयोजनामा आदिवासी जनजाति लक्षित अन्र्तरक्रीयात्मक कार्यक्रम कोहलपुरमा सम्पन्न गरिएको छ । नेपाली आदिवासी जनजातिहरु  राज्यको मुल संरचनाहरुबाट बिहीस्कृत भएकाले उनीहरुको बिकास तथा उत्थानका लागि राज्यले पहल गर्नुपर्ने कुरामा कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुबेदीले नेपालमा आदिवासी जनजाति खस , आर्य , मधेसी र मुश्लिम समुदायका रुपमा पनि समुदायगत पहिचान छुट्याउन सकिने र नेपालमा रहेको कुल जसंख्याकाको ३५.८ प्रतिशत जनसंख्या आदिवासी जानजाती रहेको बताईन् । आदिवासी जनजातीहरुको छुट्टै खालको पहीचान र संस्कृति रहेकाले यसको संरक्षण गर्नुपर्ने कुरामा जोड दिईन् । बाँकेको कोहलपुर नगरपालिकामा रहेका आदिबासी जनजातिहरुको उत्थान तथा बिकासका लागि कोहलपुर नगरपालिकाले नगरसभाको नीति तथा कार्यक्रम मार्फत बजेटको ब्यबस्थापन गरिएको बताईन् । यस्तै कार्यक्रममा बोल्दै सामाजिक बिकास शाखा संयोजक इश्वरी प्रशाद बिश्वकर्माले आदीवासी तथा जनजातीहरुको सामाजिक सास्कृतिक धार्मिक प्रचलहरुको संरक्षणका लागि पहल गर्ने वताए । सामाजिक र सास्कृति दृष्टिले पछाडी पारिएको समुदायको संरक्षण सशक्तिकरण र बिकास लागि कोहलपुर नगरपालिकाले बिशेष ब्यबस्था गर्ने बताए ।
इश्वरी विकले नेपालको संविधान र कानुनले सवै जाति धर्मलाई समान मानेको छ तर व्यवाहरमा फरक रुपले लिने गरेको देखिन्छ त्यस कारण कानुन बमोजिम कार्यन्वयन हुन आवश्यक भएको वताए । कार्यक्रममा आदिवासी जनजाति महासंघका कोहलपुर अध्यक्ष कृष्ण वहादुर पुन, शुरेश चौधरी र पिनु थापाले आफ्नो धारणा राख्यका थिए । कार्यक्रमा नेपालमा आदिवासी जनजातीको अधिकार र सरकारको दायित्व विषयक कार्यपत्र समेत पेस गरिएको थिाये कार्यपत्र तयार भने शुशिल चौधरीले गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष , वडा सदस्य ,कार्यपालिका सदस्य लगायत कोहलपुर नगरपालिकाका १५ वटै वडाका स्थानियहरुको सहभागिता रहेको थियो ।

१३ असार २०७९ मा प्रकाशित
Nabintech