मुलुक प्ररिर्वतनको महत्व पुर्ण भुमिका संचार माध्यमको रहेको ःप्रदेश संचार मन्त्री शर्मा

पिपलबाेट संवाददाता


लुम्विनी प्रदेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्री तिलक शर्माले नेपालका संचार माध्यम र संचारकर्मीका कारण अहिलेको मुलुकमा आएको परिवर्तन भएको वताए । संचार कर्मी नभएमा नेपालमा जनता सम्म सन्देश पु¥याउन सम्भव हुने थिएन र परिर्वतन सम्भव हुने थिएन । नेपालका संचार माध्यम पनि मुलुक परिर्वतन संगै परिर्वतन हुन आवश्यक भएको वताए । प्रदेश सरकारले प्रदेशवाट अनलाईन , एफ.एम रेडियो र पत्रपत्रिकाको दर्ता गर्ने कार्य गर्नको लागी पहल गरिरहेको वताए । लुम्विनी प्रदेश सरकार र नेपाल टेलिभिजन बीचको सहकार्यमा एंव प्रसारण भईरहेको कार्यक्रम समृद्धिका पाईला संग सम्बद्ध स्थानीय संवाददाता तथा कार्यक्रम निर्माताहरुका लागि क्षमता अभिबृद्धि तथा अभिमुखिकरण तालिमको उद्घाटन गदै मन्त्री शर्माले भनेका हुन ।उक्त कार्यक्रमा नेपाल टेलिभिजनका अध्यक्ष समिरजंग शाहले विश्व जगतमा पत्रकारिता र राजनीति फरक भएतापनि नेपालमा अझै फरक हुन नसकेका कारण कहिले काहि संचार कर्मी विवादमा आउने गरेको वताए । तर सरकारी संचार माध्यमहरु अन्य संचार माध्यम भन्दा फरक भएर कार्य गर्न आवश्यक भएको वताए । विज्ञापन ,कार्यक्रम प्रायोजन आउला भनेर प्रसारण गर्ने समाग्री वनाउनु भन्दा समाज परिर्वतण र समाजमा प्रर्यटन का सम्भावनाको खोजि गर्ने गरेर देश विकासलाई टेवा पुग्ने समाग्री उत्पादन र प्रशारण गर्नु पर्ने वताए । साथै सरकारी संचार माध्यमहरु पनि आफै आत्म निर्भर हुने तिर लाग्नु पर्ने वताए । यस्तै कार्यक्रमा बाँके क्षेत्र नम्वर १ क प्रदेश सभासद कृष्णा के.सी. नमुनाले नेपालका केहि संचारर्की र संचार माध्यम वढि राजनीतिक भएका कारण जनतामा अलि विश्वास कमहुन थालेको वताईन् । यसले गर्दा राम्रा राम्रो काम गर्ने संचारकर्मी र संचार माध्यम मारमा पर्ने गरेको वताईन् । कार्यक्रमा कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले संचारकमीहरु भनेको सवैलाई खवरदारी गर्न सक्ने र सवैलाई सुचना प्रभा गर्ने सक्ने ताकत भएको एक शक्तिको रुपमा आफुले लिने गरेको वताए । समाजमा भएका नकारात्मक भन्दा सकारात्मक सूचना जनतामा पु¥याउदा समाज परिर्वतण गर्न ठुलो सहयोग पुग्ने वताए । कोहलपुर मा रहेको एन.टिभि कोहलपुरलाई प्रदेश सरकार संघिय सरकारले प्रयाप्त मात्रामा वजेट उपलब्ध गराउनु पर्ने वताए । सथै यो वर्ष प्रदेशका मन्त्रीहरुले आफुनो चुनाव क्षेत्र केन्द्रित गरेर प्रदेशको वजेट विनियोजन गरेको वताए । मंसिरमा हुन लागेको संघिय र प्रदेश को निर्वाचानलाई लक्षित गरेर वजेट विनियोजन गरेको आरोप लगाएका हुन् । कार्यक्रमको समापतित्व एन.टिभि कोहलपुरका प्रमुख विजय बर्माले गरेका थिए । तालिमका लुम्विनी प्रदेशका सवै जिल्लाका २१ जना सहभातिहरु उपस्थिति रहेको थियो तालिम असार १४ गते सम्म संचालन हुने छ ।

१३ असार २०७९ मा प्रकाशित
Nabintech