बैजनाथमा भएको कुटपिटवाट घाईते भएका खड्काको उपचारको क्रममा मृत्यू ,

उक्त घटनामा संलग्न भएको आरोपमा चार जना पक्राउ


पिपलबाेट संवाददाता


बैजनाथमा भएको कुटपिट बाट घाईले दिक्षित खड्काको मृत्यू भएको छ ।सोमबार राति बैजनाथ गाँउ पालिका वडा नं. ४ एल.बी. चोक नजिक राती २ वज्येको समयमा कुटपिट भएको थियो । उक्त घटनामा बैजनाथ गाँउ पालिका वडा नं. ६ का दिक्षित खड्कालाई बैजनाथ गाँउ पालिका वडा नं. ३ बस्ने सुन्दर शाही , पुर्ण बुढामगर , खगेन्द्र थापा मगर , र गोविन्द वि.क. सहितको टोलिले कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको ईलाका  प्रहरी कार्यालय कोहलपुर ले वताएको छ । प्रहरीका अनुसार सुन्दर शाही , पुर्ण बुढामगर , खगेन्द्र थापा मगर , र गोविन्द वि.क. सहितको टोलि बैजनाथ गाँउ पालिका वडा नं. ३ बस्ने पदम सुनारको घरबाट जन्मदिनको पाटि खाएर आउदै गदा राति ११वज्ये सनुसा कटेजमा गई मादक पदार्थ सेवन गरेको र त्यस पश्चात पुन पदम सुनारको घरमा गएर १ः३० बज्ये सम्म नाचगान गरेर घर फर्कने क्रममा हातमा बासको भाटा र काठको दाउरा समातेर आएका उनिहरु एल.वि. चोकमा पुग्ने क्रममा चिसापानीबाट कोहलपुर पैदल आउदै  गरेका मिलन भन्ने दिक्षित खड्कासंग दुवै पक्षको भेट एल.वि चोकमा भएको रहेछ ।  त्यस पछि दिक्षितले बसर्पाक जाने बाटो सोधेका रहेछन् उनले सोध्यको कुरा अर्को टोलिले नबुझेपछि उत्तर उनले पाएनन् त्यस पश्चात उनिले केहि जोरले बोल्न थालेपछि दुवै पक्ष विच भनाभन र वाद विवाद उत्पन्न भएपछि धक्कल पक्कल भई हात हालको अवश्था सिजना भएपछि सुन्दर शाही , पुर्ण बुढामगर , खगेन्द्र थापा मगर , र गोविन्द वि.क. सहितको टोलि दिक्षित खड्कालाई कुट पिट गर्ने क्रममा खड्का भुईमा लडेको समयमा लाठी र दाउराले प्रहार गर्दा खड्का वेहोस भएपछि घाईते खड्कालाई चारै जनाले घटनास्थल बाट बोकी सडकको बीच भागमा लगेर राखी दिई आ–आफ्रनो घरमा गई सुतेका रहेछन् । पछि स्थानिय बासिन्दाले सडकमा मानिस पल्टेको अवस्था देख्य पछि प्रहरीलाई खवर
गरेको र त्यस पछि प्रहरी टोलि घटना स्थल पुगेको ईलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्लले वताए । त्यस पछि प्रहरी टोलिले उद्दार गरेर कोहलपुर मेडिकल कलेजमा पु¥याएको र त्यस पछि मेडिकल चेक जाच गर्ने क्रममा गाडिले नहानेर मानिसले हानेको भन्ने खुल्ना आएको प्रहरीले मल्लले वताए । घाइतेलाई थप उपचारको लागी सिता एयरको उडान मार्फत काठमाण्डौ विर अस्पताल लगिएको थियो । विर अस्पताल पुगेपछि दिउसो २ वज्ये विर अस्पताल काठमाण्डोमा खड्काको मृत्यु भएको प्रहरीले वताएको छ । घटनामा संलग्न भएको आसंकामा सुन्दर शाही , पुर्ण बुढामगर , खगेन्द्र थापा मगर , र गोविन्द वि.क. सहितको टोलि प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान अगाडि वढाएको मल्लले वताएका छन् । घटनामा संलग्न भनिएका चार जनाको उमेर १७ वर्ष भन्दा कम रहेको देखिन्छ । उनिहरुको साथ वाट प्रहरीले रगत लागेको कपडा र उनिहरुले प्रयोग गरेका लठीहरु समेत वरामत गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

१३ असार २०७९ मा प्रकाशित
Nabintech