कोहलपुर नगरपालिकालाई आर्थिक बर्ष २०७९/८०मा धानको विउ उत्पादनमा आत्मनिर्भर गराउने : मेयर आचार्य

पिपलबाेट संवाददाता


“धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मुल नाराका साथ १९औं राष्ट्रिय धान दिवस तथा रापाई महोत्सव कोहलपुरमा मनाईएको छ । कोहलपुर नगरपालिकाको आयोजन र भेरी जेष्ठ नागरिक कृषक समुह कोहलपुर वडा नं. २को सहआयोजनमा दिवस भनाईएको हो ।

 

दिवसको अवसरमा कोहलपुर नगपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले धान रोपाई गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमा बोल्दै मेयर आचार्यले नेपालमा हुने पुरा पूर्व काल देखि गदै आएको कृषि पेशा वाट नेपाल आत्म निर्भर हुन नसकेको वताए । यस कारण अव आधुनिक प्रविधि मैत्रि तथा यान्त्रिक समाग्रीको प्रयोग गरेर कृषि पेशा गर्नु पर्ने वताए । यस्तै कोहलपुर नगरपालिकाकाले आगामि आर्थिक वर्षमा धानको विउ उत्पादनमा आत्मनिर्भर हुने नगरपालिकाले लक्ष्य रहेको वताए । यस्तै कोहलपुरमा दुई वाट विद्यालयमा हुने कृषि पढाई गरिरहेका विद्यार्थी भाई वहिनीहरुको ज्ञानको समेत कोहलपुरले प्रयोग गर्नु पर्ने कोहलपुरका किसानहरुलाई आग्रह गरे । नेपालमा तिन तहको सरकार रहेता पनि केन्द्रिय सरकारले नै मल खात ल्याउने भएकाले समयमा किसानले मल खात प्राप्त गर्ने नसकेको वताए । कोहलपुर नगरपालिकाले किसानलाई प्राविधिक सेवाको लागी जस्तो सुकै सेवा प्रदान गर्न पालिका तयार भएको वताए ।विदेश जाने युवाहरुलाई र फकेर आउने युवाहरुलाई कृषि संग जोड्नु पर्ने वताए । यस्तै कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिकाकी उप मेयर संगिता सुवेदीले अव नेपालमा गमलामा धान रोपेर भन्दा किसानको खेतमा धान रोपेर धान दिवस मनाउनु पर्ने वताईन । अवको कृषि पेशामा युवाहरुको आर्कषण वढाउनुको साथै यान्त्रिकरण गरेर कृषि पेशा गरेमा मात्र कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुने वताईन् । यस्तै तिन तहले दिने अनुदान बास्तविक किसानले नपाउदा पनि किसानहरु मर्कामा परेको वताईन् तर कोहलपुर नगरपालिकाले दिने कृषि अनुदान भने वास्तविक किसानलाई प्रदान गर्न आफुहरु लाग्ने वताईन् ।

 

कार्यक्रमको सभापतित्व गरेका भेरी जेष्ठ नागरिक कृषक समुहका अध्यक्ष मोहन रिजालले अहिलेको आवश्यकता भनेको कसरी उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने तर्फ सवै जनताको ध्यान जान जरुरी भएको वताए । कोहलपुरमा पानीको अभावका कारण माटो धान रोप्न किसानहरुको बाध्यता रहेको वताए । माटो धान खानको लागी त्यति राम्रो नहुने भएकाले माटो बिक्री गरेर मसिनो चामल किन्न किसान बाध्य भएको वताए । यसको लागी स्थानिय सरकाले पहल गरेर कोहलपुरमा खेतिकोे लागी आवश्यक पानीको व्यवस्था मिलाउन स्थानिय सरकारले पहल गर्नु पर्ने वताए । किसानलाई दिने अनुदान कामको आधारमा दिनुपर्ने वताए । कार्यक्रमा कोहलपुर कृषि शाखा प्रमुख चन्द्र वहादुर बुढाले धानको महत्व वारेमा एक प्रतिवेदन पेश गरेका थिए । धान उत्पानको लागी कोहलपुर स्थानिय सरकारले मसिनो धान उत्पादनमा जोड दिनुपर्ने , यान्त्रिकरणमा जोड दिई एतपादन लागत घटाउनु पर्ने , चैते धान खेतिलाई विस्तार गर्नु पर्ने लगायका सुझाव राख्यका थिए । यस्तै कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल , सामाजिक विकास समितिका संयोजक ईश्वरी वि.क. वडा नं. २का वडा अध्यक्ष हरि कठायत , वडा नं. १का बद्धि प्रसाद जैसी , कार्यपालिका सदस्य भुप वहादुर दर्जी वडा नं. २का पूर्व वडा अध्यक्ष कर्ण सिंह वि.सि.व्यावसायिक कृषक समुहका कोहलपुर अध्यक्ष शेषकान्त चापागाई , कोहलपुर नगरपालिका योजना आदा प्रमुख अग्नी प्रसाद आचार्य ,पशुशाखा प्रमुख गोविन्द रोकाय लगायतको उपस्थिति रहेको थियो । धान दिवसमाको असरमा सवै जनाले धान रोपाई गरेर मनाईएको थियो। धान रोपाई पछि दहि चिउरा समेत खाएर असार १५ मनाईएको थियो ।

१५ असार २०७९ मा प्रकाशित
Nabintech