डा. राजकुमार सुवेदीलाई प्रादेशिक प्रतिभा पुरस्कार

पिपलबाेट संवाददाता


त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक डा. सुवेदी नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्रधाध्यापनरत् छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा शनिबार आयोजित समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवाले संस्कृति विधातर्फ लुम्बिनी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार २०७८ बाट सम्मानित गरेका हुन् । विशेषत बागेश्वरी मन्दिरको विषयमा सोध गरेका डा. सुवेदीले नेपालको इतिहास, नेपाली मुद्राबारे पुस्तक लेखेका छन् । उनले बाँकेका चिडिमार संस्कृति, हडियाबाबाको इतिहास लगायत विभिन्न जातजाति र धर्मका सांस्कृतिक पक्षबारे अध्ययन गरेका छन् ।

शिखा एकेडेमी कोहलपुरका प्रमुख कार्यकारी समेत रहेका डा. सुवेदी संस्थागत विद्यालयमा उच्च शिक्षाका क्षेत्रमा लगानीकर्ता समेत हुन् । ‘सरकारको सम्मानले संस्कृतिका क्षेत्रमा थप अध्ययनको ऊर्जा प्राप्त भएको छ’, डा. सुवेदीले प्रादेशिक प्रतिभा पुरस्कार ग्रहण गरेपछि  भने, ‘नेपाली कला, धर्म र संस्कृतिका बारेमा थप अध्ययन, अनुसन्धानका लागि आगामी दिन केन्द्रित हुनेछु ।’

२८ असार २०७९ मा प्रकाशित
Nabintech