बाँके प्याव्सनको शिक्षाको मन्दिर समुद्धाटन

पिपलबाेट संवाददाता


प्याब्सन शिक्षा मन्दिर समुद्घाटनका लागि नेपालगन्ज आइपुगेका केन्द्रीय अध्यक्ष डिके डुंगाना, उपाध्यक्ष कृष्ण अधिकारी लगायतका पदाधिकारीहरुलाई स्वागत गर्दै प्याब्सन बाँकेका अध्यक्ष यम बहादुर रावत लगायतका
पदाधिकारीहरु ।


बाँकेका शिक्षा सम्बन्धी कार्यक्रमहरुलाई एकै थलोमा आयोजना गर्ने उद्देश्यसाथ प्याब्सन बाँकेले आफ्नो कार्यालय भवन सँगै ‘प्याब्सन शिक्षा मन्दिर’ निर्माण गरेको छ । प्याब्सन सदस्य विद्यालयसँगै पब्लिकेसन्स, विभिन्न दाता व्यक्तित्व तथा संघ, संस्थाहरुको सहयोगमा शिक्षा मन्दिर तयार गरिएको प्याब्सन जिल्ला अध्यक्ष यम बहादुर रावतले जानकारी दिए । प्याब्सनले खरिद गरिराखेको १० धुर जग्गामा गत बैशाख ५ गते प्याब्सन पूर्व अध्यक्ष समेत रहेका सल्लाहकार डा. राजेश केशर खनालले शिलान्यास गरेको शिक्षा मन्दिर आज बुधबार केन्द्रीय अध्यक्ष डिके डुंगानाले समुद्घाट गर्ने कार्यक्रम छ । ‘शैक्षिक क्षेत्रका महान दाताहरुको सहयोगमा तीन महिनामै ५० लाख बढी लागतमा प्याब्सन शिक्षा मन्दिर निर्माण कार्य
पूरा भएको छ’, अध्यक्ष रावतले जिल्लाका शिक्षा सम्बन्धी सबै खालका अभियान, अन्तरक्रिया, तालिम, छलफल, बहसका लागि सभाहलको निःशुल्क व्यवस्था गरिने भएकाले साझा शिक्षा मन्दिरका रुपमा भवनलाई लिइएको
जानकारी दिंदै भने, ‘यो सबैका लागि उपयुक्त भवन निर्माण गरिएको हो ।’


गत बैशाख ५ गते प्याब्सन पूर्व अध्यक्ष समेत रहेका सल्लाहकार डा. राजेश केशर खनालले शिलान्यास गरेको शिक्षा मन्दिर आज बुधबार केन्द्रीय अध्यक्ष डिके डुंगानाले समुद्घाटन गर्ने कार्यक्रम
छ ।विशेषत प्याब्सन शिक्षा मन्दिरमा जिल्ला तथा नगर प्याब्सन कार्यालय रहनेछ ।
‘तल्ला झण्डै २ सय क्षमताको सभाहल र माथिल्लो तल्ला कार्यालय प्रयोजनका लागि बनाइएको हो’, अध्यक्ष रावतले संस्थागत विद्यालयका लागि मात्रै नभई शैक्षिक क्षेत्रमा लागेका सबै संस्थाका लागि यो भवन तथा सभाकक्ष उपयुक्त हुने विश्वास लिएको तर्क गर्दै भने ।अध्यक्ष रावतको अनुसार, बाँकेमा १ सय १३ वटा प्याब्सन सम्बन्ध विद्यालयमा १०औं हजार विद्यार्थी र हजार बढी शिक्षक कर्मचारी सम्बद्ध छन् । ‘शैक्षिक गुणस्तरका हकमा संस्थागत विद्यालयको योगदान निकै महत्वपूर्ण छ’, अध्यक्ष रावतले त्यसको तुलनामा सरकारले सम्बोधन नगरेको गुनासो गर्दै भने, ‘१० प्रतिशत स्कलरशीपमा संस्थागत विद्यालयले विद्यार्थीलाई समेत अध्ययन गराइरहेका छन् ।’
उनले बाँके प्याब्सन शिक्षा मन्दिरले शैक्षिक अभियानमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । बुधबार संस्थागत विद्यालयका क्षेत्रमा योगदान दिने एन्जल्स स्कूलका संस्थापक श्रीमति विना मल्ललाई सम्मान गरिंदैछ । अध्यक्ष रावतका अनुसार, शिक्षा मन्दिर स्थापनामा सघाउने दाता, प्याब्सनका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गर्ने कार्यक्रम छ ।

२९ असार २०७९ मा प्रकाशित
Nabintech