प्रहरीले गरेको दुव्र्यवहार प्रति संचारकर्मीहरुको आपती

पिपलबाेट संवाददाता


कोहलपुर प्रहरीले सञ्चारकर्मी तथा पत्रकार विजय परियारमाथि दुव्र्यवहार गरेको प्रति कोहलपुरमा
रहेका दुई दर्जन बढि पत्रकारले संयूक्त  बिज्ञप्ती मार्फत प्रहरीद्धारा गरिएको दुव्र्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको वताएका छन् । बुधबार नेपालगन्ज मेडिकल कलेजको गाडिको ठक्करबाट मृत्यु भएका रामबहादुर थापाका आफ्न्तले गरेको चक्काजामको क्रममा रिपोर्टिग गरिरहेका पत्रकार परियारमाथि प्रहरीले दुव्र्यवहार गरेको हो ।बिज्ञप्तीमा मार्फत ईलाका प्रहरी कार्यालयको आम संचारप्रतिको धारणा सार्वजनिक गर्न र जोडदार माग गरिएको छ । साथै आगामी दिनमा पनि यस्ताखाले घटना दोहोरिन नदिन र संचार क्षेत्र र संचार कर्मी प्रति सम्वेदनशील हुन आग्रह गर्दछौ । इलाका प्रहरी कार्यालय कोहलपुरको परिसरमा आफ्नो कर्ममा खटिरहेको पत्रकार परियारलाई प्रहरीले दुव्र्यवहारका साथै उनको मोवाइल समेत नियन्त्रणमा लिएको थियो । उनी आवद्ध कोहलपुर एम.एम.ले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीद्धारा गरिएको दुव्र्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

३० असार २०७९ मा प्रकाशित
Nabintech