कोहलपुरमा नयाँ प्रशासनिक भवनको शिलान्यानास

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको नयाँ अत्याधुनिक भवन बन्ने भएको छ । नयाँ बन्ने भवनको शुक्रबार शिलान्यास गरिएको छ ।
शुक्रबारविहान नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले शिलान्यास गरेका हुन् । २०८१ साल पौषसम्म निर्माण सम्पन्न गर्ने  गरी निर्माण थालिएको भवनको ठेक्का ज्वाइन्ट भेन्चरमा काम गरिरहेका एसोसियट, जय भवानी र रन्जितकार जेभीले पारेका छन् ।

१५ करोड ३८ लाखको लागतमा नयाँ अत्याधुनिक भवन बन्नेछ । स्थानीय सरकारको ९
करोड र स्थानीय पूर्बाधार विकास विभागको ६ करोड अनुदान लागत साझेदारीमा साढे ५ तले अत्याधुनिक प्रशासकीय भवन निर्माण हुने नगर प्रमुख आचार्यले बताए । भवन अभावका कारण अहिले दैनिक प्रशासनिक काम कार्वाही गर्न अत्यन्तै कठिन भइरहेको नगर प्रमुख आचार्यले बताए । जनताले सवै काम एकै ठाउँवाट एकै पटक गराउन समस्या भएकाले यो भवन बनेमा सवै शाखा यहि भवनमा रहने भएकाले नगरबासिलाई काम गराउन सजिलो हुने आचार्यले वताए । नगर विकास समितिको भवन भएकै ठाउँमा कोहलपुर नगरपालिकाको भवन बन्न लागेको हो।
भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई समयमा भवन निर्माण गरेमा पुरस्कारको समेत व्यवस्था गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाले वताए । बन्न लागेको भवनमा अपाङग मैत्रिकालागी लिप्तको व्यवस्था समेत गरिएको छ भने । एउटा सभाहलको समेत रहने भएको वताए । अव निर्माण हुन लागेको प्रशासक भवन करिव ८हजार ७सय स्क्वायरफुट मा रहने भएको कोहलपुर नगरपालिकाका इन्जिनियर बालकृष्ण महतरा क्षेत्रीले वताए ।

३१ असार २०७९ मा प्रकाशित
Nabintech