होटल व्यवसायी संघ बाँकेका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


होटल व्यवसायी संघ बाँके को पाँचौ साधारण सभा तथा चौथो अधिवेशनवाट नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पदभार कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले कोहलपुरको पर्यटन आकर्णण गर्ने गतिविधि गर्ने आग्रह


गरे । होटल व्यवसायी संघ बाँकेमा आवद्ध भएका व्यवसायीहरुको व्यवसायीक प्रवर्धन गर्न स्थानिय सरकारले के गर्नसक्छ यस प्रति आफुहरु तयार भएको आचार्यल वताए । यस व्यवसायमा कोहलपुरमा रहेका ठुला होटलहरु आवद्ध भएको आफुले नपाएकाले यसको विकास गर्न सवै होटल व्यवसायीहरु संगठित हुनु पर्ने आफलाई लागेको वताए । यस्तै कार्यक्रमा पदभार ग्रहण गदै नव निर्वाचित अध्यक्ष मोहन रिजालले संस्थाको गरिमालाई उच्च राख्दै आगामी दिनमा संस्थाका हितमा काम गर्ने वताए । गत अधिवेशन वाट अध्यक्षमा मोहन रिजाल , निर्वतमान अध्यक्ष एक नारायण चापागाई ,वरिष्ठ उपाध्यक्ष कृष्ण वहादुर रानाभाट , उपाध्यक्ष लक्ष्मण थापा मगर ,महिला उपाध्यक्ष खिना राना , महासचिव लक्ष्मण वहादुर खत्री , सचिव , विष्णु वहादुर कार्की , कोषाध्यक्ष खेम राज वेलवासे ,सह कोषाध्यक्ष कमल वहादुर शाही , सदस्यहरुमा राम प्रसाद हमाल , राज वहादुर कार्की , दुर्गा प्रसाद भण्डारी , प्रेम वहादुर खत्री , नन्द प्रसाद जैसी , नरेश जंग अर्याल , सुर्य वहादुर पौडेल (खत्री) रहेका छन् । यस्तै संघको मनोनित सदस्यमा सरिता थापा , सरद रेग्मी र मधु खनाल रहेका छन् । संघको संरक्षकमा बलराम भट्टराई वरिष्ठ सल्हाकारमा विश्व राज खनाल ,सल्हाकारमा खेम राज शर्मा ,प्रदिप भट्टराई , ज्ञानेन्द्र खनाल , टेक वहादुर सिजाली , मोहदत्त कडेल , भरत खड्का , तिर्थ डाँगी , धने थापा र सोभाखर खनाल रहेका छन् । पदभार कार्यक्रमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल ,नेपाली काँग्रेसका नगरसभापति विरेन्द्र शाह , नेकपा माओवादीका नगर प्रमुख बलबहादुर खड्का ,कोहलपुर उद्योग बाणिज्य संघका महासचिव मात्रिका सापकोटा लगाएतकाको सहभागिता रहेको थियो ।

३२ असार २०७९ मा प्रकाशित
Nabintech