कांग्रेस निकट थारुले बनाए संघर्ष समिति

महेन्द्रलाई जिल्ला संयोजकको जिम्मा


पिपलबाेट संवाददाता


नेपाली कांग्रेसमा आवद्ध थारु अगुवाले संघर्ष समिति बनाएका छन् । आफ्ना हक, अधिकारका पक्ष लड्न संघर्ष समिति बनाएका हुन् । संघर्ष समितिको जिल्ला संयोजकको जिम्मा कांग्रेस नेता महेन्द्र थारुलाई दिइएको छ । यस्तै बैजनाथ गाउँपालिकाको संयोजकमा पवनकुमार चौधरी, कोहलपुरको संयोजक रामबहादुर थारु र सह–संयोजक दिलकुमारी थारुलाई तोकिएको छ ।


राप्ती सोनारी गाउँपालिकाको संयोजक भने आइतबार गठन गरिने भएको छ । कोहलपुरमा शनिबार आयोजित एक भेलाले संघर्ष समिति गठन गरेको हो । सदस्यहरुमा पतिराम थारु , सुवास थारु , पन्डीत थारु रा संकर थारु , गुटु थारु, दिलकुमारी थारु , औम कुमारी थारु , रेशम थारु,जित वहादुर थारु, मुकेश थारु , शिरालाल थारु , पुष्पा कुमारी थारु, कलामती थारु , ठाकुर प्रसाद थारु , जगत राम चौधरी , दिपेन्द्र कुमार चौधरी, जित वहादुर थारु , कासी राम थारु , कोपिला थारु , मिना कुमारी थारु चैकीदार थारु , हरिप्रसाद थारु , गोकुल चौधरी, मुन्सी थारु , राम लौटन थारु , गोकुल थारु , रामदयाल थारु , हरिराम थारु , रेशम वहादुर थारु , कौसिला थारु , गंगाराम थारु , दिल वहादुर थारु , जिलेदार थारु , रमावती थारु , कोकीला थारु रहेकाछन् । सो क्रममा कांग्रेसका निर्वतमान जिल्ला उपसभापति एवम् महासमिति सदस्य फुलाराम थारु, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, जिल्ला समन्वय समितिका पुर्व सदस्य गुट्टु थारु, थारु अगुवा सुरेश चौधरी, वडाअध्यक्ष श्रीकृष्ण थारु र दीपेन्द्र चौधरी लगायत करिव ८० जनाको सहभागिता रहेको थियो ।

उक्त भेलामा कांग्रेसका क्षेत्रीय प्रतिनिधी तथा क्रियाशिल सदस्यहरु पनि उपस्थित भएका थिए । भेलामा बोल्ने अधिकांसले पछिल्लो समयमा पार्टी नेतृत्वले थारु समुदायलाई उपेक्षा गरेको गुनासो गरेका थिए ।

१ श्रावण २०७९ मा प्रकाशित
Nabintech