नेपाल प्रेस युनियन केन्द्रिय समितिमा बाँकेका तीनजना निर्वाचित

पिपलबाेट संवाददाता


हेटौंडामा सम्पन्न नेपाल प्रेस युनियनको नयाँ कार्यसमितिमा बाँकेका तीनजना निर्वाचित भएका छन् । शुक्रबारबाट सुरु भएको नवौं महाधिवेशन आइतबार सम्पन्न भएको थियो । जसबाट वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, केन्द्रीय सदस्यमा कमला हमाल र शोभा खत्री निर्वाचित भएका हुन् । बरिष्ठ उपाध्यक्ष केसीले सरोज अधिकारीलाई पराजित गरेका हुन् । केन्द्रीय सदस्य खत्री अध्यक्षमा निर्वाचित शिव लम्साल प्यानल र हमाल अध्यक्षमा पराजित अनिता विन्दुको प्यानलबाट निर्वाचन लडेका थिए । ६ जना निर्वाचित हुने महिलातर्फको केन्द्रीय सदस्यमा उनीहरु निर्वाचित हुन सफल भएका हुन् । प्रेम केसी यसअघि उपमहासचिव थिए भने शोभा र कमला पहिलोपटक केन्द्रीय कार्यसमितिमा पुगेका हुन् । उपमहासचिवमा उम्मेदवारी दिएका बाँकेका सन्तोष रेग्मी र लेखा समिति सदस्यका उम्मेदवार टेकेन्द्र बस्याल भने पराजित भए ।त्यसैगरी नेपाल प्रेस युनियनका नवनिर्वाचित पदाधिकारीमा उपाध्यक्ष (खुला) नकुल अर्याल, भीष्मराज ओझा एवम् उपाध्यक्ष (महिला) सलोजा दाहाल निर्वाचित भए ।उपाध्यक्ष (प्रदेश १) डिल्लीराम अतिवडा, उपाध्यक्ष ( मधेश प्रदेश) अनिल कर्ण, उपाध्यक्ष ( बागमति प्रदेश), डा.मुरारी अधिकारी, उपाध्यक्ष ( गण्डकी प्रदेश) ऋषिकान्त पौडेल, उपाध्यक्ष ( लुम्बिनी प्रदेश) माधवप्रसाद अर्याल, उपाध्यक्ष (कर्णाली प्रदेश) राजेन्द्रबहादुर कार्की, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) प्रेम चुनारा र उपाध्यक्ष (उपत्यका) जीवन भण्डारी निर्वाचित भएका छन् ।महासचिव दिलिप पौडेल निर्वाचित हुँदा उप–महासचिव (खुला) युवराज गौतम, कमल पन्त, रविन्द्र सुवेदी निर्वाचित भए । उप–महासचिव (महिला) सुलोचना गौतम, दिलिपाथी अधिकारी तथा उप–महासचिव (समावेशी) अभयकुमार राई निर्वाचित भए । सचिव (खुला) केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा, गुरुप्रसाद, तिर्थराज बस्नेत, सचिव (आदिवासी÷जनजाति) लालकुमार मुक्तान, सचिव (मधेशी) अजित तिवारी, सचिव (दलित) राजन रुचाल, सचिव (खस आर्य) युवराज रेग्मी, सचिव (रेडियो माध्यम) नरहरी सापकोटा र सचिव (छापा माध्यम) राधा खनाल निर्वाचित भएका छन् । साथै कोषाध्यक्ष भने माधव धिताल निर्वाचित भएका छन्

९ श्रावण २०७९ मा प्रकाशित
Nabintech