श्री ज्ञानज्योती माध्यामिक विद्यालयमा मेयर आचार्यद्धारा अनुगमन अनुगमनमा ८ शिक्षकको हाजीरी भेटिएन

पिपलबाेट संवाददाता


कोहलपुर नगर पालिकाका को आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शैक्षिक सुधार गर्न को लागी कोहलपुरमा रहेका सामुदायिक विद्यालयहरुको अनुगमन लाई तिब्रता दिएका छन् । कोहलपुर नगरपालिका नगर शिक्षा शाखाको टोलीले मंगलबार कोहलपुर नगरपालिका वडा नं. १२मा रहेको श्री ज्ञानज्योती माध्यामिक विद्यालयमा अनुगमन गरेको थियो ।

विद्यालयमा अनुगमन टोली पुग्दा विद्यालयका हाजिरी रजिष्टरमा ८ जना शिक्षकहरुले हाजिर नगरको पाईएको थियो । विद्यालयमा देखिएका विभिन्न कुराहरु जस्तै विद्यालयमा नियमित रुपमा संचालनमा भई पठनपाठन भैरहेको , कक्षा कोठामा जादा विद्याथीहरुको एकै किसिमको पोषाक र टाई लगाएका थिएनन् ।

विद्यायमा आउने विद्यार्थीहरुले विद्यालयमा पढाई हुने सवै विषयमा पुस्तकहरु नल्याउने गरेका साथै पुस्तकमा गाता सम्म नहालेका रहेछन् । यस्तै विद्याथीहरुको कपि जाँच्ने क्रममा लापरवाहि देखिएको छ भने कपि जाँच्ने शिक्षकको मितिसहिदको हस्ताक्षर भएको नदेखिनु , विद्यालय परिषदमा जताततै फोहोर र घासको झाडी रहेको रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रमुख रविलाल मिजारले वताए ।कोहलपुर नगरपालिका ज्ञानज्योती माध्यामिक विद्यालयमा २१०० विद्यार्थीहरु आफनो पठन पाठन गर्दै आएका छन् । उक्त विद्यालयमा खाने पानिको र शौचालयको उचित व्यवस्थापन छैन् । एउटा कक्षा कोठामा १२३ जना विद्याथीहरु वसेर पठन पाठन गर्ने गरेका रहेछन् यो क्षिक्षा नियमावली विपरित भएको छ । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले तत्काल सेक्सन विभाजन गरेर पठनपाठन गराउने निदेशन समेत दिएका छन् । आचार्यले विद्यालयका प्रधानअध्यापक विनोद लम्साललाई अव आउने शैक्षिक सत्र वाट प्रावि सम्म अग्रेजी माध्यम वाट पठन पाठन गराउन निदेशन समेत दिएका छन् ।

अनुगमन टोलिमा कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य , शक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रमुख रविलाल मिजार , कोहलपुर नगरपालिका वडा नं. १२ वडा अध्यक्ष विरेन्द्र शाह, ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई तथा पत्रकार हरुको उपस्थिती रहेको थियो । टोलीले विद्यालयलाई लिखित रुपमा सुझवहरु समेत दिएको छ । सवै शिक्षक कर्मचारीले समयमा आई सर्व प्रथम हाजिरी गरी कक्षामा जानु पर्ने , कक्षा कोठा व्यवस्थापन राम्रो भएतापनि सजावतमा कक्षा शिक्षक र विद्यार्थीको सक्रियतामा वढाउनु पर्ने , गृहकार्य बालबालिकाको शैक्षिक सुधारको मुख्य माध्यम भएकोले जाच्ने शिक्षकले ध्यान पूर्वक जाँच्ने र मिति लेख्नु पर्ने ,आर्थिक हिसाव खाताहरु समयमा नै अधावधिक गरी राख्नु पर्ने , हाजिरीको नियमिताको लागि विद्युतीय हाजिरी मेसिनको व्यवस्थापन गर्नु पर्ने , विद्यालय सुधार योजना अद्यावधिक गर्ने देखिएको सुझाव लिखित रुपमा दिइको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रमुख रविलाल मिजार वताए ।

उक्त समयमा कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर पालिकाको नीति तथा कार्यक्रममा उल्लेक गरिएको शैक्षिक सुधार कार्यक्रमलाई सफल वनाउन सवै जना लागेर विद्यालयको सुधार गर्ने आवश्यक रहेको वताए । उनले सवै कक्षा कोठामा परेर विद्यार्थी भाई वहिनीहरुलाई आफ्नो मोवाईल नम्वर समेत दिएका थिए । उनले मोवाईल नम्वर दिने क्रममा भनेका थिए ।

कुनै शिक्षक ÷शिक्षिका हरु समयमा विद्यालय नआएमा र कक्षा कोठामा उपस्थिती नभएका आफुलाई फोन तथा म्यासेज गर्ने आग्रह समेत गरेका थिए ।जसले फोन तथा म्यासेज गर्छ उक्त विद्याथीको नाम आफुले सार्वजनिक नगर्ने समेत आचार्यले वताएका थिए । मेयर आचार्यले आफ्नो पहिलो प्राथमिकता भनेकै शैक्षिक सुधार रहेको वताए । यसको लागी आफुले नियमित अनुगमन गर्ने समेत वताएका थिए । जुन विद्यालयले शैक्षिक सुधार गर्छ उक्त विद्यालयले पैसा माग्न आउनु नपर्ने समेत वताए ।

१० श्रावण २०७९ मा प्रकाशित
Nabintech