बर्दियाका गाउँमा सर्च अप्रेशन, दुई भरुवा बन्दुक बरामद

पिपलबाेट संवाददाता


सशस्त्र प्रहरी बल बर्दियाले चोरी शिकारीमा प्रयो हुने अबैध हतियारका लागि नेपाली सीमावर्ती गाउँमा सर्च अभियान चलाएको छ । सर्च अप्रेसन कै क्रममा भारतसंग जोडिएको बर्दियाको सीमावर्ती क्षेत्रबाट एक सातामा दुई थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ । शसस्त्र प्रहरीले सीमामा हुने चोरी सिकारी र अपराधिक गतिविधि नियन्त्रण गर्न अभियान चलाएको हो । बढैयाताल गाउँपालिका—१ ठूलो डाफेबाट १ थान भरुवा बन्दुक र नेपाल भारत सीमाको मुख्य पिलर नम्बर ४७र६६७ मा लुकाई राखेको बन्दुक बेबारिस अवस्थामा फेला पारेको छ ।

घटनास्थलमा भरुवा बन्दुक एक थान, बारुद एक डब्बा, छर्रा एक डिब्बा, सिसा फलामको एक डिब्बा र एक डिब्बा क्याप बेवारिसे फेला परेको हो । नेपाल भारत सीमाको पिलर नम्बर ४६ नजिक उक्त सामान बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बर्दियाका उपरीक्षक जहरसिंह बुढाले अपराधिक गतिबिधि नियन्त्रण गर्न अबैध हतियार सर्च अप्रेशन सुरु गरेको जनाए ।

१२ श्रावण २०७९ मा प्रकाशित
Nabintech