आधारभुत तहको स्थानिय पाठ्यक्रम ‘हाम्रो कोहलपुर ’ विमोचन

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको आधारभुत तहको स्थानिय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ एक कार्यक्रमा विच विमोचन भएको छ । विहिबार कोहलपुर नगरपालिका नगर शिक्षा शाखाको आयोजनामा पाठ्यक्रम विमोचन गरिएको हो । विमोचन कार्यक्रमका अध्यक्ष कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले पहिलाको स्थानिय सरकारले शुरु गरेको कामलाई आफुहरु आएपछि प्रथमिताका साथ कामलाई अगाडि वढाएर आज पाठ्यक्रम विमोचन गर्ने सम्म पुगेको वताए । अव स्थानिय सरकारले जति सक्यो छिटो स्थानिय पाठ्यक्रम अनुसारको पुस्तक लेखन कार्यलाई अगडि वढाउने मेयर आचार्यले वताए ।

पाठ्यक्रम साथै विद्यार्थीहरुको हातमा पुस्तक पेरमा मात्र यसको उपलव्धी हुने आफुले विस्वास लिएको वताए । यस्तै कार्यक्रममा विशिष्ठ अतिथि कोहलपुर नगरपालिकाका पूर्व मेयर लुट वहादुर रावतले स्थानिय पाठ्यक्रम समयमा वनाएकोमा यसमा विशेष गरेर लागेका विज्ञ तथा शिक्षकहरुलाई समेत धन्यवाद दिइका थिए । उनले भने स्थानिय पाठ्यक्रम बनेको अवस्थामा समयमा विद्यार्थीहरुको हातमा स्थानिय पाठ्यक्रम अनुसारको किताव हातमा पु¥याउन मेयरलाई सुझाव समेत दिएका थिए । स्थानिय पाठ्यक्रम लागु गरेमा यहाँ विद्यार्थीहरुले स्थानिय भाषा ,धर्म , विकास ,पर्यटन , संचार माध्यमहरुका वारेमा विद्यार्थीहरुले जानकारी सहज रुपमा पाउन सक्ने वताए । यस्तै कार्यक्रमा जिल्ला शिक्षा समन्वय ईकाई नेपालगन्जका प्रमुख राम शुरेस यादवले बाँके जिल्लामा केहि मात्र पालिकाले स्थानिय पाठ्यक्रम बनाउन सफल भएको मध्य कोहलपुर पनि एक भएको वताए ।

स्थानिय पाठ्यक्रम पनि अतिनै महत्व पूर्ण विषय भएको वताए । यसले वाल बालिकाहरुलाई स्थानिय विषय वस्तुको बारेमा राम्रो जानकारी गराउने वताए ।कतिपय स्थानिय निकायले स्थानिय पाठ्यक्रमको नाममा अग्रेजी, कम्प्युटर लगायतका विषय वढाउने गरेका समेत छन् । कोहलपुर नगरपालिकाकाले समयमा स्थानिय पाठ्यक्रम निर्माण गरेर पुस्तक निर्माणमा लाग्नु अत्यन्त महत्वको विषय भएको वताए । कोहलपुर नगरपालिकाले शिक्षाको क्षेत्रमा राम्रो सुधार गरेको वताए । कोहलपुर नगरपालिकाले सवै विद्यालयमा तहगत शिक्षक दरबन्दी मिलान गरेर राम्रो कामको सुवात गरेको यादवले वताए । कोहलपुरका संस्थागत विद्यालयहरुमा मासिक शुल्कमा एक रुपता ल्याउन स्थानिय सरकार लाग्नु पर्ने वताए । संस्थागत विद्यालयहरुले प्रत्येक वर्ष पुस्तक चेन्ज गर्ने प्रविधि कोहलपुरमा वढि भएको यादवले वताए । यस्तै कोहलपुरमा कोचिङ सेन्टर हरु व्यवस्थीत गरेर संचालनमा ल्याउनु पर्ने सुझाव समेत दिइका थिए । यस्तै कार्यक्रममा स्थानिय पाठ्यक्रम निर्माणमा विज्ञको रुपमा काम गरेका उपसचिव जितबहादुर शाहले आफुले अहिले सम्म धेरै स्थानिय निकायको स्थानिय पाठ्यक्रम वनाएको ति मध्य कोहलपुरको स्थानिय पाठ्यक्रम राम्रो भएको वताए । कोहलपुरमा स्थानिय पाठ्यक्रम निर्माणको समयमा सहयोग गर्ने शिक्षकहरुको मेहेनतले यो पाठ्यक्रम राम्रो भएको वताए । उनले स्थानिय पाठ्यक्रममा आफुहरुले विभिन्न ७वटा विषयलाई समेटेर स्थानिय पाठ्यक्रम निर्माण गरेको वताए । स्थानिय पाठ्यक्रममा सवैभन्दा पहिला कोहलपुर नगरपालिकाको
परिचय ,दोस्रोमा कोहलपुरका संस्कृति र सम्पदाहरुको वारेमा जानकारी ,तेस्रोमा कोहलपुरका पेशा,व्यवसाय र प्रविधिको वारेमा , चौथो मा कोहलपुरको विकासका पुर्वाधारहरुको वारेमा ,पाँचौमा खुसीका लागी शिक्षा र जीवनोपयोगी सिप, छैठौमा हाम्रो वातावरण ,सातैमा विपद् व्यवस्थापनको वारेमा विषय बस्तुमा रहेर स्थानिय पाठ्यक्रम वनाईएको जानकारी शाहले दिएका थिए । उनले भनेका थिए हामीले विश्वका सवै ठाँउको वारेमा पठनपाठन गराउदै आएको र आफुनो स्थानिय विषयमा केहि पनि जानकारी नहुने विषयलाई आत्मसाथ गरेर स्थानिय पाठ्यक्रम लागु गरिएको वताए । स्थानिय पाठ्यक्रममा व्यावहारीक र प्रयोगात्मक तरिकाले विद्यार्थीहरुलाई सिकाउनु पर्ने शाहले वताए ।
यस्तै कार्यक्रमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कोहलपुर नगरपालिकामा रहेका सवै सामुदायिक र संस्थागत विद्यालयहरुले आजैका मिति देखि स्थानिय पाठ्यक्रम अनिवार्य पढाउनु पर्ने वताए । साथै सवै विद्यालयहरुले यो स्थानिय पाठ्यक्रम नेपाली भाषामा नै विद्यार्थीहरुलाई पठनपाठन गराउन् पर्ने वताए । कोहलपुर नगरपालिकाले ४५ दिनमा नै स्थानिय पाठ्यक्रम निर्माण गर्न सफल भएको वताए । कार्यक्रमको सहजिकरण कोहलपुर नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारले गरेका थिए । विमोचन कार्यक्रममा कोहलपुर नगरपालिका कार्यपालिका सदस्य भुप वहादुर दर्जी , कोहलपुर सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानअध्यापकहरु लगाएतको सहभागिता रहेको थियो ।

१२ श्रावण २०७९ मा प्रकाशित
Nabintech