प्रहरी थुनुवामा नै थुनुवा महिलामाथि बलात्कारको प्रयास

पिपलबाेट संवाददाता


प्रहरीको थुनुवामा रहेका महिला सम्म सुरक्षित हुन सकिनन् इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक थुनुवालाई प्रहरीले नै बलात्कार गरेको आरोप लागेको छ । बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई एक असईले शुक्रबार बिहान करिब २ बजेको समयमा बलात्कारको प्रयास गरेको आरोप लागेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत असई प्रविण चौलागाईँले बलात्कारको प्रयास गरेको आरोप लागेको हो ।
चौलागाई रातको समयमा मदिरा पिएर मस्त भएका उनले थुनुवा कक्षमा रहेकी महिलालाई सोधपुक्षमा लागी भन्दै बोलाएर अर्को कोठामा लगेर बलात्कारको प्रयास गरेको आरोप लागेको छ । हिरासतका अन्य थुनुवाहरुले हल्लाखल्ला गरेका थिए । आरोपित असई चौलागाईँले भने आफुले थुनुवा महिलामाथि बलात्कारको प्रयास
नगरेको बताएका छन् । ‘चौबिसै घण्टा प्रहरी ड्युटीमा हुन्छ’ पिपलबोटको दैनिकसंग थुनुवारहेका उनका श्रीमानले भने ‘ आफु र श्रीमती थुनुवामा रहेको समयमा राती २ वज्येको समयमा प्रहरीले सोधपुक्षको लागी भन्दै श्रीमति लाई बोलाएर लगरेको केहि समय पछि श्रीमति आएर रुन थालेपछि आफुले र अन्य साथीहरुले के भयो भनेर सोधपुक्ष गर्दा उनले भनिन् मलाई प्रहरीले कपाडा खोल्ने प्रयास गरेको कुरा भने रुन थालिन् त्यस पछि सवै साथीहरु माज यो कुरा आएको वताए ।
यता प्रहरीले ‘हामीले त्यस्तो गर्ने भन्ने कुरा नै हुन्न । उनीलाई सोधपुछ मात्र भएको हो ।’ घटनाको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपाने कोहलपुर आएका छन् । ‘प्रहरी कार्यालय भित्रैको घटनाबारे खबर आएको छ ।

१३ श्रावण २०७९ मा प्रकाशित
Nabintech