बैजनाथ गाँउपालिकाको समग्र विकासको लागि काठमाण्डौ पुगेको टोलीले उद्योग मन्त्रीसंग भेटघाट

पिपलबाेट संवाददाता


बैजनाथ गाउँपालिकाको समग्र विकासका लागि अध्यक्ष र उपाध्यक्ष सहितको टोली काठमाडौं पुगेको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय लगायतको टोली काठमाडौं पुगेको हो । उक्त टोली काठमाडौं पुगे लगत्तै विभिन्न ब्यक्ति तथा निकायलाई भेटघाट गरेको छ । गाउँपालिका अध्यक्ष शाहीको नेतृत्वमा रहेको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, सदस्य सलोनी सिंह प्रधान लगायतसँग भेटघाट गरेको हो । उक्त टोलीले यसअघि पनि भूमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासँग भेटघाट गरेको थियो ।
सो क्रममा अध्यक्ष शाही र उपाध्यक्ष रोकायले बैजनाथमा ब्याप्त रहेको अव्यवस्थित सुकुम्बासी समस्या समाधान गरिदिन र भूमिहिनलाई चाँडोभन्दा चाँडो लालपुर्जा र जग्गा उपलब्ध गराउन माग गरेका थिए । त्यसक्रममा आयोगका अध्यक्ष निरौलाले आफुहरु सुकुम्वासी र भुमिहिनका समस्या समाधान गर्ने प्रयासमा रहेको प्रतिक्रिया दिएका थिए । यस्तै शाहीको टोलीले नौवस्ता गाविस हा बैजनाथ गाँउपालिका वडा नं. २र ३ भित्र पर्ने अन्दाजी २९५घरधुरी संख्यामा रहेका क्षेत्रफल वि.स. २०२८ हुदै ०३४÷ ०३९÷०५१ सम्म बस्दै आएको वन परियोजनाको क्षेत्र अधिकार भित्र पर्ने जमिनमा बसोबास गर्दै आइरहेको क्षेत्रभित्र स्थानिय सरकारबाट समेत विभिन्न संरचनाहरु सार्वजनिक सम्पतिहरु समेतनिर्माण भइसकेको करिव तिन पुस्ता समेत सोही ठाँउमा बसिरहेको अवस्थामा नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय मिति २०७१ बैशाख २५ गते बसेको वैठकले नौवस्ता ‘औद्योगिक करिडोर ’निर्माण गर्नका लागि पूर्वमा गाभार ,पश्चिममा वौद्ध गुम्वा , दक्षिणमा डिगिया डाँडा र उत्तरमा रत्न राजमार्ग यति चार किल्ला भित्र रहेको ५२५ विगाह क्षेत्रभित्र ओैद्योगिक करिडोर निर्माण गर्ने निर्णय भएकोले सो क्षेत्रभित्र पर्ने अन्दाजी २९५ घरधुरीहरुले बसोवास गदै आएको क्षेत्रभित्र औद्योगिक क्षेत्रको नाममा लालपुर्जा समेत बनिसकेको हुदाँ बारम्बार सोही ठाँउका स्थानियहरुले औद्योगिक क्षेत्र नेपालगन्ज ,जिल्ला प्रशासन कार्यलय बाँके र बैजनाथ गाँउपालिका सरकार समक्ष नक्सा काटौती गर्न ध्यानाकर्षण गराउदा समेत वेवास्था गरेकोले २०७३ साल साउन १५ गते औद्योगिक क्षेत्रका कर्मचारी ,स्तानिय सरकारसंग आन्दोलन भइरहने र कुनै पनि काम अगाडि बढाउन नसकिने भएकाले हाल ०७९को स्थानिय सरकारले औद्योगिक क्षेत्र निर्माणका लागि गरिने डिपिआर , इआइए ,अन्य प्रक्रिया समेत जालझेल गरी भएको बुझ्न आएको र २०७५ साल भदौ १७ गते जिल्ला प्रशासन कार्यलय बाँके को हलमा सर्वदलिय ,सर्वपक्षिय छलफवाट भएको निर्णय ३३८ विगाह हुदाँ पनि गाभर पदमा शाहको घर हुदै गाभर पपिलबोट देखि खेल मैदान हुदै गाभरको तल्लो चोक देखि पश्चिम तिर रहेको वस्तिको आन्दाजी क्षेत्रफल करिव ४१ विगाहा क्षेत्र स्थानियले लामो समयदेखि बसोवास गदै आएको हुदाँ सोही क्षेत्रभित्र पर्ने घरपरिवारहरुको घरजग्गा औद्योगिक क्षेत्रको नामबाट कटौती गरी नेपाल सरकारको नाममा ल्याई सोही क्षेत्रमा बसोवास गर्ने घरपरिवारलाई नै उपलव्ध गर्न ÷गराउन संविधान प्रदत्त अधिकार ग्रहण गर्नका लागि भूमि आयोगको नीति तथा कार्यविधि अनुसार जनताको सुरक्षाका लागी स्थानिय सरकार बैजनाथ गाँउपालिकाले मन्त्रिी समेक्ष ज्ञापन पत्र समेत बुझाएको छन् । उद्योग ,बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आवश्यक कागज पत्र हेरेर निर्णय गर्ने वताएको गाँउपालिका अध्यक्ष शाहीले वताए ।

१४ श्रावण २०७९ मा प्रकाशित
Nabintech