मन्त्रालयले तलव नपठाउने भए पछि नगर स्वास्थ्यमा फाजिल रहेका १८ कर्मचारीलाई फिता पठाउने निर्णय

चेतकान्त भट्टराई


कोहलपुर नगरपालिकाले नगर स्वास्थ्य शाखामा रहेका फाजिल कर्मचारीलाई पूर्ण फिता पठाउने भएको छ । कोहलपुर स्वास्थ्य शाखामा नेपाल सरकारको स्वीकृत दरवन्दीमा २१ जना कर्मचारी रहेका छन् भने कोहलपुर नगरपािलकाका पूर्व मेयरको माग अनुसार नगरपालिकाले माग गरेक १८ जना कर्मचारी मन्त्रालयले पठाएको थियो । तर मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा उनिहरुले पाउने तलव भत्ता नपठाए पछि कर्मचारीहरुले आन्दोलन गरेका थिए । आन्दोलन भएपछि मन्त्रालयले उनिहरुको तलव भत्ता भन्दा २५लाख कम रकम आएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले वताए । मन्त्रालयले पठाएको रकममा कोहलपुर नगरपालिकाको चालु खर्चवाट २५लाख थप गरेर फाजिल कर्मचारीहरुलाई तलव खुवाएको ढकालले वताए । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यको टोली साउन महिलनामा मन्त्रालय गएर यस विषयमा कुरा गर्दा मन्त्रालयले कोहलपुरलाई आवश्यक भएका कर्मचारी राख्नु र तलव खुवाउनु यदि तलव खुवाउन नसक्ने भएमा कर्मचारीको दरवन्दी जहाँ छ त्यही पठाउनु भन्ने कुरा गरेपछि आफुहरुले साउन १२ गतेको कार्यपालिका बैठकबाट फाजिल कर्मचारी फिता गर्ने निर्णय गरेको आचार्यले वताए । यस विषयमा पिपलबोट दैनिकले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल संग कुरा गर्दा उनले भने नगरपालिकालाई मन्त्रालयले पहिलानै यस्तो समस्या आउन सक्छ भनेर भनेको तर उहाहरुले आफुले तलव खुवाउन नसक्ने गरेर दरवन्दी भन्दा बढि कर्मचारी गरेर लगेको वताए । समस्या आउछ भन्दा भन्दै कर्मचारी लग्ने अहिले तलव खुवाउन समस्या भयो भन्ने पोख्रलेले वताए । अहिले मन्त्रालयले अन्य ठाँउमा कर्मचारी पु¥याउन नसकेको अवस्थामा कोहलपुरलाई कर्मचारी थप १८ जना दिन नसक्ने पोख्रलले वताए ।उनले भने ‘मन्त्रालयले कोहलपुरको लागी थप तलव बाफत रकम दिन नसक्ने आफुहरुले प्रष्टरुपमा नगरपालिकालाई भनेको र अव उनिहरुको तलव नगरपालिकाले खुवाउनु पर्ने हुन्छ ’ नत्र दरवन्दी भएकोमा काज फिर्ता पठाउनु पर्छ पोख्रलले वताए । स्वास्थ्य मन्त्रालयले जुन कार्यविधि वनाएर थप कर्मचारी स्थानिय निकायलाई पठाएको थियो त्यो कार्यविधि स्वास्थ्य मन्त्रालय कर्मचारी समायोजन ऐन विपरित भएको भन्दै सम्मानित सर्वोच्च अदालतले उक्त कार्यविधि समेत खारेज गरेको गरिसकेको छ । यसले पनि गर्दा पनि यसरी पठाएका कर्मचारी दरवन्दी भएकौ ठाँउमा पठाउनु पर्ने देखिन्छ ।
यता फाजिल कर्मचारी मध्यकी राधिका गैरेले भनिन् कोहलपुर नगरपालिकाले माग गरेर मन्त्रालयले आफुहरुलाई पठाएको हो अहिले नगरपालिकाले फिता पठाउन नमिल्ने उनले वताईन् । मन्त्रालय नगरपालिका विच दोहोरो सहमती भएर आफुहरु आएको वताईन् । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले भने स्वास्थ्यमा फाजिल कर्मचारी राख्यर नगर पालिकाले विकास वजेट काटेर उहाँहरुलाई तलव खुवाउन नसकिने वताए । उहाँहरुको तलव मात्र वर्षमा करिव २करोड बरावरको भार नगरपालिकालाई पर्ने वताए । कोहलपुर स्वास्थ्य शाखा प्रमुखले पूर्ण वहादुर खड्काले भने नगरपालिका र मन्त्रालय विचको कुरा भएकाले आफुलाई त्यति यो विषयमा जानकारी नभएको
वताए । कर्मचारीहरुको तलव नआउदा दरवन्दीमा रहेका कर्मचारीको तलव वाट बाटेर तलव खुवाउदा आफुहरुले पछि लामो समय तलव नपाएर समस्या भएको वताए ।

१४ श्रावण २०७९ मा प्रकाशित
Nabintech